१७ बैशाख २०८१, सोमबार | April 29, 2024

द ब्रिटिस कलेजमा ‘हल्ट पुरस्कार’ आयोजना हुने



काठमाडौँ । द ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । ‘फर गुड’ र ‘फर प्रोफिट’ विद्यार्थीहरूको नेतृत्वमा उद्यमहरूको सुरुवातको लागि विश्वको सबैभन्दा ठूलो इन्जिन ‘हल्ट पुरस्कार’ हो । सन् २०२०/२१ मा प्राप्त गरेको ठूलो सफलता पछ्याउँदै, हल्ट पुरस्कार एक पटक फेरि ब्रिटिश कलेजमा हुँदैछ । यस वर्षको थिम ‘गेटिङ द वल्र्ड व्याक टु वर्क’ रहेको छ ।

बीबीए लेभल ५ का विद्यार्थी र ब्रिटिस कलेजको हल्ट पुरस्कारका क्याम्पस डाइरेक्टर ग्रिशम तिवारीको नेतृत्वमा १५ भन्दा बढी उत्साही व्यक्तिहरुको टोलीले यो कार्यक्रम आयोजना गर्न कडा परिश्रम गरिरहेको छ । यो प्लेटफर्मले ब्रिटिस कलेजका विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रस्पिर्धा गर्ने अवसर प्रदान गर्नेछ । यो अवसर अन्तर्गत एक मिलियन डलर बराबरको नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।

आयोजना हुन गइरहेको यो प्रतियोगितामा तीन देखि चार जना विद्यार्थीको टोलीले आफ्नो सामाजिक उद्यम योजनालाई उचाई दिन एकसाथ काम गर्नेछन् । प्रत्येक टोलीले प्रशिक्षण सत्रमा भाग लिनेछन्, साथै विशेषज्ञहरुको सुझाव पनि प्राप्त गर्नेछन् । त्यस्तै उनीहरुले प्रायोजकहरुबाट पुरस्कार पाउन विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।

हल्ट पुरस्कारबारे जानकारी दिन सहभागिहरुलाई भर्चुअल अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १०० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

केक सेवा, उद्यमी इनोभेसन र भरेन्द्र युनिभर्सिटी इन्टरनेशनल अफेयर्स काउन्सिल लगायतले यो कार्यक्रम प्रायोजनका लागि ब्रिटिस कलेजसँग पार्टनर्सिप गरेका छन् ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ६ : ५० बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको