२३ असार २०८३, मंगलबार | July 8, 2026

बुटवलको जितगढीमा उजिरसिंह कमाण्डका १३ योद्धाको शालिक अनावरण



बुटवल । सन १८१४ देखि १८१६ सम्म भएको अंग्रेजसँग लडेर जित हाँसिल गरेको गढी जितगढी किल्लामा तत्कालिन युद्धमा बिरता प्रदर्शन गर्ने सैनीक योद्धाहरुको शालिक स्थापना गरिएको छ ।

रुपन्देहीको बुटवल अवस्थित नेपाल(अंग्रेज युद्ध भएको किल्ला जितगढीमा लडेका योद्धाहरुको शालिक निर्माण स्थापना गरिएको हो । सन १८१४ देखि १८१६ अवधिमा भएको नेपाल र ईस्ट ईण्डिया कम्पनी सरकारका सेनाहरुसँगको भिडन्तमा नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गरेको स्थलमा तत्कालिन कर्णेल उजिरसिंहका पालाका सँगै लड्ने १३ सेनाका अर्धकदका शालिक निर्माण गरिएको छ ।

बुटवल उपमहानगरपालिकाले निर्माण गरेको शालिकको एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले एक समारोहका बीच अनावरण गरे । अनावरण समारोहमा बोल्दै विश्वकर्माले जनप्रनिनिधिहरु आएपछि ओझेलमा परेको जितगढीले मुहार फेदिदै गएको बताए । जितगढी किल्ला नेपालीको इतिहास र गौरव रहेकाले संरक्षण तथा प्रचार प्रसार गरिनुपर्ने उनले बताए ।

अतिक्रमणको चपेटामा परेको किल्ला क्षेत्रमा उपमहानगरले तीन बिघा जग्गा संरक्षण गर्दै गुरुयोजना बनाएर संरक्षण, सम्बर्द्धन र बिस्तारका काम सुरु गरेको छ । गुरुयोजना अनुसार नै १३ जना सेनाको सालिक निर्माण गरिएको हो । जसमा काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवल्दार रणशूर बानियां, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियां र जुठे बस्नेतको सालिक निर्माण गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

किल्लामा आकर्षक पार्क सहित झिलिमिली लाइटिङ तथा राष्ट्र धुनसहितको पानीका फोहरा निर्माण गरेर सबैको आकर्षणको केन्द्र बनाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।

सो युद्धमा जनरल सुलेमान र जनरल उडको नेतृत्वमा युद्ध लड्न आएका अँग्रेज फौजलाई कर्णेल उजिर सिंह थापा मगरको कमाण्डको नेपाली सेनाले दुईपटक सम्म पराजित गर्दै गोरखपुर सम्म लखेटेको थियो । कम्पनी सरकारको सेनाले अवध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बत सम्मको व्यापारी नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरु गरेको थियो ।

ऐतिहाँसिक महत्व रहेको किल्लामा अतिक्रमण बढेको र ओझेलमा पारिएको समाचारहरु लगातार सञ्चारमाध्यममा आएपछि उपमहानगरले गढी संरक्षणमा चासो देखाएको थियो ।

किल्ला संरक्षणमा बटौली संरक्षण समिति र नेपाली सेनाले बुटवल उपमहानगरलाई समवन्य गर्दै सघाएको संरक्षण समितिको अध्यक्ष रबिन्द्र गोपाल लाकोलले बताए ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ४ : ५१ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको