१० पुस २०८२, बिहिबार | December 25, 2025

विश्व इतिहासमा आजः जर्मनमा अमेरिकी बमवर्षक विमानबाट हमला भएको त्यो दिन



काठमाडौं । आज सन् २०२२ को २० फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिक

पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिकले सन् १९६२ मा आन्द्र महासागरमा सुरक्षित अवतरण गरेका थिए । जोन एच ग्लेन जुनियर आजकै दिन अर्थात २० फेब्रुबरीमा आन्द्र महासागरमा सुरक्षित अवतरण गरेका थिए ।

जर्मनमा अमेरिकी बमवर्षक विमानको हमला

सन् १९४४ मा अमेरिकी बमवर्षकहरूले जर्मन विमान निर्माण केन्द्रहरूमा आक्रमण गरेका थिए । सो बमबारी अभियानलाई इतिहासमा विग विक भनेर चिनिन्छ । युरोप आक्रमणका लागि हवाई सर्वोच्चता प्राप्त गर्न आक्रमणको तत्कालिन उदेश्य थियो ।

अस्ट्रेलियाको राजधानी सहर निर्माण कार्य सुरु

सन् १९१३ मा अस्ट्रेलियाको राजधानी सहर निर्माण कार्य सुरु भएको थियो । क्यानबेरा पूर्णतया योजनाबद्ध शहर हो । प्रतिद्वन्द्वी सिड्नी र मेलबर्नबीचको सम्झौताको रूपमा क्यानबेरालाई अस्ट्रेलियाको राजधानीको रूपमा छनोट गरिएको थियो ।

रिहानाको जन्म दिन

आजकै दिन बार्बेडियाली गायिका, नायिका तथा फेसन डिजाइनर रिहानाको जन्म भएको थियो । उनको जन्म १९८८ को २० फेब्रुबरीमा भएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ४९ बजे

पूर्वगृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता र पूर्वगृहमन्त्री रमेश लेखक

बालेनलाई भेटन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगे कुपण्डोल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

नयाँ राजनीतिक शक्तिमा नेतृत्वको होड, सहकार्यभन्दा प्रतिस्पर्धा बलियो : रेशम चौधरी

काठमाडौं । पुराना दलहरूको विकल्पका रूपमा उदाएका नयाँ राजनीतिक शक्ति

रवि-बालेन भेटवार्ता रहस्यमै, ‘मेरो अनुहारले के भन्छ ?’ भन्दै सञ्चारकर्मीको प्रश्न टारे लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा