१७ श्रावण २०८३, आइतबार | August 2, 2026

पूर्वगृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता र पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३-२४ को जेनजी घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिने भएका छन् । लेखक पुस १४ गते सोमबार आयोगमा उपस्थित भई आफ्नो बयान दिने तयारीमा छन् ।

नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै लेखकले आगामी सोमबार बयान दिन जाने जानकारी गराएका हुन् ।

जेनजी आन्दोलनको समयमा गृहमन्त्री रहेका लेखकलाई आयोगले यसअघि नै बयानका लागि औपचारिक पत्र पठाइसकेको छ । आयोगले उक्त घटनाको अनुसन्धानका लागि विभिन्न समयमा सम्बन्धित व्यक्तिहरूलाई बयानका लागि बोलाएको छ ।

विशेषज्ञका अनुसार, यस प्रकारका बयानहरूले घटनाको पृष्ठभूमि र जिम्मेवारी निर्धारणमा महत्वपूर्ण भूमिका खेल्छ । पार्टी स्रोतका अनुसार, लेखक आयोगसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ४ : ४६ बजे

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा