१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जथाभावी फालिएका चुरोटका ठुटा उठाउन कागलाई तालिम



एजेन्सी । मानव जातिले अत्यधिक फोहर सृजना गरेको छ, जसका कारण सम्पूर्ण ग्रहलाई एउटा समस्या बनेको छ । निश्चिय नै फोहर पन्छाउने अनगिन्ति विधि छन् । फोहरको प्रकृतिअनुसार पुनः नविकरण, पुनःप्रयोग र अन्य विधिबाट यसको व्यवस्थापन गरिन्छ ।

फोहर व्यवस्थापनकै कुरा गर्दा हामीले फोहरलाई डस्टबिनामा फाल्ने जस्तो आधारभूत कुरामा प्रर्याप्त ध्यान दिँदैनौै । सार्वजनिक स्वास्थ बिग्रनु, ढल थुनिनु र अन्य समस्या उत्पन्न हुनुको प्रमुख कारण फोहरलाई सार्वजनिक स्थानमा जलाउने अभ्यास पनि हो ।

डस्टबिनमा फोहर जाओस भनेर सुनिश्चिता गर्न विश्वभरका सहरहरुले विभिन्न तरिकाहरु अप्नाएका छन् । तर, आफ्नो क्षेत्राधिकार भित्र उत्पन्न सम्पूर्ण फोहरलाई पूर्ण रुपमा संग्रह गरेको कुनै पनि सहरले दाबी गर्न सक्दैनन् ।

जथाभावी फालिएका फोहर उठाउने प्रयासस्वरुप सडकमा फालिएका चुरोटका ठुटा उठाएर थुप्र्याउन स्वीडेनमा एउटा कम्पनीले कागलाई तालिम दिइरहेको छ ।

कोरभिड क्लिनिङले सार्वजनिक गरेको एउटा भिडियोमा कागले ठुटा उठाएर डस्टविनमा फालेको देख्न सकिन्छ । अझै बढी फोहर उठाउनका लागि उत्प्रेरित गर्न पुरस्कारस्वरुप कागलाई बदाम वितरण गरिएको छ । तर, कागले ठुटाहरुको सट्टा पातलगायत अन्य चिज डस्टबिनमा राखे के हुन्छ ? यस्तो अवस्थामा उनीहरुलाई बदाम दिइन्न ।

‘ढुंगा र पातहरु जस्ता विषयबाहेकका फोहर राख्न डस्टबिनले सुझाव दिनेछ । फोहर उठाउने कार्यमा काग उनीहरुको इच्छा बमोजिम धेरैभन्दा धेरै वा थोरै समय सहभागी हुन सक्नेछन् । र, मानिसहरुको संलग्नता भनेको डस्टबिनलाई रित्याउनु र खानेकुरा फेरि भर्नु हो,’ कोरभिड क्लिनिङले आफ्नो वेबसाईटमा भनेको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ८ : ११ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा