२९ असार २०८३, सोमबार | July 14, 2026

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले अपराह्न ४ बजे बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त बैठकमा सहभागिताका लागि ‘जेनजी’ प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि बोलाइएको छ । यस्तै, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारभएका पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । निर्वाचनका लागि आयोगले कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।

पुराना तथा नयाँ दलहरूले पनि निर्वाचन केन्द्रित गतिविधिअगाडि बढाइरहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : ५५ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस