४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमसीसी बिरुद्धको संघर्ष निर्णायक मोडमा भन्दै ६ साना बामपन्थी दल सडकमा, आज पनि बिरोध प्रदर्शन



काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी बिरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन ।

चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा [क्रान्तिकारी माओवादी] र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी बिरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन ।

‘नेपाली जनताको एमसीसी बिरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको निष्कर्ष बैठकले निकालेको छ’ भन्ने उल्लेख गर्दै साना बामपन्थी दलले अमेरिकन राजदुत ¥यान्डी बेरीको टविट, चीनका बिदेश बिभागको पत्रकार सम्मेलनवाट ब्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबुल गनगरी पारित गराउने अन्तिम कसरतले उक्त बिषयलाई पुष्टी गरेको साना बामपन्थी दलको निष्कर्ष रहेको छ ।

काठमाडौं उपत्यकामा माइतिघर मण्डलावाट बिरोध प्रदर्शनसहित नयाँ वानेश्वरस्थित संसद भवन घेराउ गर्ने देखी देशव्यापी रुपमा सवै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ । जसअनुसार आज साना बामपन्थी दलले देशैभरी बिरोध प्रदर्शन गर्नेछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : २२ बजे

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि