७ पुस २०८२, सोमबार | December 22, 2025

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



हेटौडा । मकवानपुरको हेटौडा उपमहानगरपालिका-८ कमानेमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय बिक्रम वाईबा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार ३१ वर्षीय रमेश बलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार राति सवा १ बजे कमानेबाट क्याम्पडाँडातर्फ आउदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको वडा प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : १३ बजे

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार