१७ भदौ २०८३, बुधबार | September 2, 2026

क्यानडाविरुद्ध नेपाललाई ८१ रनको लक्ष्य



काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको ग्लोबल क्वालिफायर ‘ए’मा समूहको अन्तिम खेलमा क्यानडाविरुद्ध नेपालले ८१ रनको लक्ष्य पाएको छ ।

मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा क्यानडाका कप्तान नवनित धालिवालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । यससँगै नेपालले पहिलो बलिङ गरेको हो । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रन बनाएको हो ।

नेपालका कप्तान सन्दीप लामिछानेले चार ओभरमा १२ रन दिएर तीन विकेट लिए । कमलसिंह ऐरी र अभिनाष बोहराले दुई विकेट लिए । कुशल मल्लले एक एक विकेट लिए ।

क्यानडाका कप्तान नवनितले १८, रायन पठानले १४, सलमान नजरले १० र डिलन हेलिगरले अविजित २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो ६ ओभर सकिँदा नेपालले चार विकेट लिएको थियो । ‘पावर प्ले’ सकिँदा क्यानडा ३९–४ को स्थितिमा थियो । नेपालका कमलसिंहले दुई र अभिनाषले एक विकेट लिएका थिए ।

कमलसिंहले पहिलो ओभरको पाँचौं बलमा म्याथ्यु स्पूर्स शून्यमा पवेलियन फर्काएका थिए । कमलसिंहले पाँचौँ ओभरको तेस्रो बलमा नवनितलाई लोकेश बमको हातबाट क्याच गरे ।

ओपनर रायन पठान छैटौं ओभरको दोस्रो बलमा रन आउट भए । सोही ओभरको अन्तिम बलमा एक रन बनाएका रविन्दरपल सिंहलाई अभिनाषले विकेटकिपर आसिफ शेखमार्फत क्याच गरे । सातौं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले एक रन बनाएका हम्जा तारिकलाई बोल्ड गरे । लगत्तै साद विन जफर दुई रन बनाएर रन आउट भए ।

नवौँ ओभरको अन्तिम बलमा कलीम सानालाई सन्दीपले कुशल मल्लमार्फत क्याच गरे । दसौँ ओभरको पहिलो बलमा कुशलले हर्ष ठकरलाई एलबीडब्यू आउट गरे । ११ औँ ओभरको पहिलो बलमा सन्दीपले जुनैद सिद्धिकीलाई विकेटकिपर आसिफमार्फत क्याच गरे ।

आजको खेल जितेमा नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाउने छ । नेपालले आज फिलिपिन्सविरुद्धको टिममा एक खेलाडी परिवर्तन गरेको छ । गुल्शन झाको स्थानमो कमलसिंह ऐरी टिममा फर्किएका छन् ।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले हराएको थियो । क्यानडाले फिलिपिन्सलाई ११८ रनले हराएको थियो भने ओमानसँग ९ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : १६ बजे

काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन

रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधिसभाले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुने

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संकटबाट पार लगाउन सामाजिक सञ्जालले सक्दैन, सबै संयन्त्र परिचालन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश