४ पुस २०८२, शुक्रबार | December 19, 2025

पुलिस र एपीएफ तथा आर्मी र संकटा भिड्दै



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मंगलबार दुई खेलसँगै १२ औँ चरणका खेल समाप्त हुँदैछन् । अन्तिम दिन दशरथ रंगशाला दुई खेल हुने भएका हुन् । र, त्यसपछि लिगमा ७ खेल बाँकी रहनेछन् ।

जारी लिगमा लिग च्याम्पियनदेखि दोस्रो डिभिजनमा घटुवा हुने टोलीसम्म पक्का हुँदा अब क्लबहरुको योजना तालिकामा राम्रो स्थान बनाउनु हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसाे १ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् । पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा छ । एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ ।

अपरान्ह पौने ५ बजे सुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी संकटालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ भने संकटा शीर्ष पाँचमा बलियो बन्न चाहन्छ । आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा छ । संकटा ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : १६ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा