२६ असार २०८२, बिहिबार | July 10, 2025

बागमतीका १० जिल्लामध्ये चितवनमा दुर्घटना बढी



जलेश्वर । बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ ।

प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो ।

कार्यालयको तथ्याङ्कानुसार बागमती प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दुर्घटना भएका छन् । ती दुर्घटनामध्ये चितवनमा मात्रै २९५ दुर्घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिनुभयो । राठोरका अनुसार चितवनपछि दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो स्थानमा छ । धादिङ तेस्रो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । मकवानपुरमा १६५ दुर्घटना भएको छ भने धादिङमा १५९ दुर्घटना भएको छ ।

यस्तै सिन्धुलीमा १५७ वटा दुर्घटना भएको राठोरले जानकारी दिए। कार्यालयको तथ्याङ्कानुसार काभ्रेमा ७९, नुवाकोटमा ४५, सिन्धुपाल्चोकमा ४०, दोलखामा १८, रामेछापमा १६, रसुवामा छवटा दुर्घटना भएका छन् । प्रदेशमा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै सडकको अवस्थाका कारण भएको कार्यालयले जनाएको छ । बागमती प्रदेशमा रहेका सडक जीर्ण बन्दै जाँदा सडकका कारण बढी दुर्घटना भएका हुन् । सडकका कारण ४८९ वटा दुर्घटना भएको राठोरले बताउ । उनका अनुसार सडकको अवस्था, तीव्रगति, ओभरटेकलगायत कारण दुर्घटना बढी हुने गरेको छ । तीव्रगतिका कारण २३८ वटा दुर्घटना भएको उनले बताए ।

चालकको लापरवाहीका कारण ६५ वटा दुर्घटना भएका छन् । यात्रुको गल्तीका कारण ५१, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ४१, यान्त्रिक खराबीका कारण २९ दुर्घटना भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयका अनुसार प्रदेशमा भएका दुर्घटनामा एक हजार ४१५ सवारी परेका छन् । जसमा सबैभन्दा धेरै मोटरसाइकल छन् । प्रदेशभित्र भएका दुर्घटनामा ७२५ मोटरसाइकल परेको उनले बताए ।

यस्तै कार, जीप २४१, ट्रक ट्याङ्कर १६१, बस १०५, टिपर ५३, ट्र्याक्टर ४५, टेम्पो ४०, शारीरिक शक्तिबाट चल्ने ३५ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । यी दुर्घटनामा परी ३७४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८ जना घाइते भएका छन् । घाइतेमध्ये ५३० गम्भीर र एक हजार ५६२ जना सामान्य घाइते भएका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : १४ बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा