३ पुस २०८२, बिहिबार | December 19, 2025

पाकिस्तानका प्रधानमन्त्री खान भोलिदेखि रुसको औपचारिक भ्रमणमा जाँदै



इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान भोलि बुधबार रुसको दुई दिने भ्रमणका लागि मस्को जाने भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष निमन्त्रणामा प्रधानमन्त्री खान बुधबारदेखि रुसको दुईदिने औपचारिक भ्रमणमा निस्कन लागेका हुन् । प्रधानमन्त्री खानसँगै मन्त्रिपरिषद्का सदस्यसहित उच्चस्तरीय प्रतिनिधिमण्डल भ्रमण दलमा सहभागी हुने रेडियो पाकिस्तानले जनाएको छ ।

पाकिस्तान र रुसले विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पारस्परिक सम्मान, विश्वास र विचार मिश्रित मैत्री सम्बन्ध साझा गरिरहेका छन् ।

शिखर वार्तामा दुई नेताले ऊर्जा सहयोगलगायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण दायराको समीक्षा गर्ने बताइएको छ ।

उनीहरूले इस्लामोफोबिया र अफगानिस्तानको अवस्थालगायत प्रमुख क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा व्यापक रूपमा विचार आदानप्रदान गर्नेछन्।

प्रधानमन्त्री खानको भ्रमणले पाकिस्तान र रुसबीचको बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन र विविध क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धिमा योगदान पु¥याउने पाकिस्तानले विशवास गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १२ : ०६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको