३० चैत्र २०८२, सोमबार | April 14, 2026

पाकिस्तानका प्रधानमन्त्री खान भोलिदेखि रुसको औपचारिक भ्रमणमा जाँदै



इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान भोलि बुधबार रुसको दुई दिने भ्रमणका लागि मस्को जाने भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष निमन्त्रणामा प्रधानमन्त्री खान बुधबारदेखि रुसको दुईदिने औपचारिक भ्रमणमा निस्कन लागेका हुन् । प्रधानमन्त्री खानसँगै मन्त्रिपरिषद्का सदस्यसहित उच्चस्तरीय प्रतिनिधिमण्डल भ्रमण दलमा सहभागी हुने रेडियो पाकिस्तानले जनाएको छ ।

पाकिस्तान र रुसले विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पारस्परिक सम्मान, विश्वास र विचार मिश्रित मैत्री सम्बन्ध साझा गरिरहेका छन् ।

शिखर वार्तामा दुई नेताले ऊर्जा सहयोगलगायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण दायराको समीक्षा गर्ने बताइएको छ ।

उनीहरूले इस्लामोफोबिया र अफगानिस्तानको अवस्थालगायत प्रमुख क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा व्यापक रूपमा विचार आदानप्रदान गर्नेछन्।

प्रधानमन्त्री खानको भ्रमणले पाकिस्तान र रुसबीचको बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन र विविध क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धिमा योगदान पु¥याउने पाकिस्तानले विशवास गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १२ : ०६ बजे

बाँकेको खजुरामा ‘एम्टी एरिना प्रथम खजुरा गोल्डकप’ सुरु, गोर्खा ब्वाइजको विजयी सुरुवात

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-४ डी-गाउँमा ‘एम्टी एरिना प्रथम खजुरा

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले