११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

बुटवलमा हलिउड चलचित्र ‘द ब्याटम्यान’ को विशेष प्रदर्शन हुने



बुटवल । बुटवलमा हलिउड चलचित्र ‘द ब्याटम्यान’ को विशेष प्रदर्शन ‘फ्यान स्क्रिनिङ्ग’ गर्ने भएको छ ।

बुटवलको भाटभटेनीस्थित क्यू.एफ.एक्स सिनेमाजले हलिउड चलचित्र ‘द ब्याटम्यान’ को ‘फ्यान स्क्रिनिङ्ग’ गर्ने भएको हो ।

वार्नर ब्रोज पिक्चरर्सले उत्पादन गरेको यो चलचित्र नेपालका लागि आधिकारीक बिक्रेता एप्पल इन्टरटेन्मेन्ट प्रा.लि को सहकार्यमा फ्यानका लागि उत्सवस्वरुप विशेष प्रदर्शन गर्ने छ ।

उक्त सो मार्च ३ गते (बिहीबार) का दिन साँझ ६ बजे प्रदर्शन गरिने एप्पल इन्टरटेन्मेन्टकी कार्यकारी निर्देशक जेनिस पहारी र क्यू.एफ.एक्सको तर्फबाट फेसिलिटी म्यानेजर महेश्वर गिरीले संयुक्त रुपमा जानकारी दिएका हुन ।

उक्त विशेष प्रर्दशनमा करिब १९६ जनालाई आमन्त्रण गरिएको निर्देशक पहारीले जानकारी दिए । सोही दिनदेखि नै ‘द ब्याटम्यान’ दर्शकका लागि पनि खुल्ला रहने उनले बताइन ।

सन् २००८ को सेप्टेम्बर महिनादेखि सुरु भएको एप्पल इन्टरटेन्मेन्टले हालसम्म १ सय बढि हलिउड चलचित्रहरुलाई प्रदर्शनमा ल्याईसकेको कार्यकारी निर्देशक पहारीले बताइन् ।

केही समयअघि क्यू.एफ.एक्सबाटै प्रदर्शनमा ल्याईएको हलिउड चलचित्र ‘जुमानजी’ को सफलतापश्चात् दर्शकको सम्भावनालाई अध्ययन गरी यो चलचित्रलाई प्रदर्शनमा ल्याउन लागिएको र दर्शकको क्रेज र सन्तुष्टिलाई देखेर आफूहरु चलचित्रको सफल प्रदर्शन हुने कुरामा विश्वस्त रहेको पहारीले बताइन ।

एप्पल इन्टरटेन्मेन्ट हलिउड चलचित्र उत्पादन गर्ने कम्पनी वार्नर ब्रोजसँगै युनिभर्सल पिक्चर्स, वाल्ट डिजनी स्टूडियो, सोनी पिक्चर्स लगायत विभिन्न कम्पनीले उत्पादन गर्ने चलचित्रको नेपालका लागि आधिकारीक बिक्रेता हो ।

 

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : ३५ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि