९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

देउवा र ओलीबीच भेटवार्ता सकियो, एमाले नेताहरु बालुवाटारबाट बाहिरिए



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भएको हो । साँझ ६स्३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए ।

ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष्ँ विष्णु पौडेल पनि छलफलमा मिसिएका थिए।

भेटका क्रममा उनीहरूबीच एमसीसी र वर्तमान राजनीति विषयमा छलफल भैरहेको छ । प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने वातावरण बनाउनका लागि एमालेसँग आग्रह गरेकाछन् । एमसीसी मतदानमा लैजाँदा माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा भोट हाल्ने अवस्था आयो भने उनीहरुसँग गठबन्धन भत्काउन परे पनि देउवा तयारी अवस्थामा रहेका छन् । यही दाउ खोजिरहेको एमालेले पनि देउवालाई गठबन्धन भत्काउन उक्साइरहेको छ । एमालेका नेताहरु र गठबन्धनको विरोधमा रहेका कांग्रेसका धेरै नेताहरुबीच केही दिन यता सघन छलफलहरु भैरहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ३९ बजे

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बीसीएम’को पहिलो बैठक पोर्चुगलको

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र

नेपाल-भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत