काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमीसी पास गर्न सघाउन एमालेलाई आग्रह गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नै निवास बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री देउवाले एमालेसँग एमसीसी पास गर्न सघाउन आग्रह गरेका हुन् ।
मंगलबार साँझ ६ ३० बजे बालुवाटार गएका ओली र देउवाबीच झण्डै दुई घण्टा छलफल भएको हो । छलफलमा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका थिए
एमाले अध्यक्ष ओलीले भने आफ्नो पार्टीले उठाउँदै आएको माग पुरा गर्न देउवासँग आग्रह गरेका छन् । एमालेले एकीकृत समाजवादी पार्टीका सांसद कारवाही गर्ने वातावरण बनाउन या सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोग लगाउन कांग्रेससँग माग गर्दै आएको छ ।
पछिल्लो केहीदिन यता कांग्रेस र एमालेका नेताहरुबीच सघन छलफल भैरहेको छ । एमसीसी पारित गर्ने शर्तमा एमालेसँग गठबन्धन बनाउन कांग्रेसकै कतिपय नेताहरुले माग गर्दै आएका छन् । एमसीसी पारित गर्न माओवादी केन्द्र र एकीकृत समाजवादी तयार नभए उनीहरुसँगको सम्बन्ध तत्काल समाप्त गर्नुपर्ने उनीहरुले तर्क गर्दै आएका छन् ।



















प्रतिक्रिया