२२ भदौ २०८३, सोमबार | September 7, 2026

एमसीसी पास गराउन सरकारको दौडधुप तीब्र



काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवासमै पुगेर एमसीसी पारित गर्न आग्रह गरेका थिए । तर, जवाफमा प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सत्ता गठबन्धन जोगाउन एमसीसी टेबल गर्न सहमति भए पनि पारित गर्न आफ्नो पार्टीको समर्थन नहुने विषय अध्यक्षले स्पष्टसँग राखेको बताए ।

उनका अनुसार प्रचण्डले एमसीसी सम्झौतालाई संसदीय समितिमा पठाउनु पर्नेमा जोड दिएका थिए । तर, जवाफमा प्रधानमन्त्री देउवाले संसदमै छलफल गरेर छिट्टै पारित गर्नुपर्नेमा धारणा राखेका थिए । आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ८ : ०१ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा