१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पासपोर्ट र टिकटबिनै विमान चढेपछि निगमका सुरक्षा कमाण्डर निलम्बित, उच्चस्तरीय छानबिन समिति गठन



काठमाडौं । नेपाल वायु सेवा निगमले फागुन ९ गते काठमाडौंबाट दोहा जाने तयारीमा रहेको निगमको ए ३३० ९ एन जहाजमा अनधिकृत व्यक्ति फेला परेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमाण्डरलाई तत्काल निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको निगमकी प्रवक्ता अर्चना खड्काले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्नका लागि निगमका नायव महाप्रबन्धकको संयोजकत्वमा शुक्रबार भित्र प्रतिवेदन पेश गर्ने गरी एक उच्चस्तरीय छानबिन उपसमिति समेत गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

रौतहटका १८ वर्षीय हस्पम आलम पासपोर्ट र टिकट बिनै कतार जाने जहाज चढेका थिए । फागुन ९ गते हस्पम विमानस्थलको सुरक्षा घेरा तोडेर सहजै हवाई मार्गमा पुगेर विमान चढेका थिए । पासपोर्ट समेत नभएको व्यक्ति एकाएक विमानमा पुगेपछि विमानस्थलको सुरक्षालाई लिएर गम्भीर प्रश्न उठिरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ८ : ३५ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,