४ पुस २०८२, शुक्रबार | December 19, 2025

देश र जनताको हितभन्दा पार्टी बाहिर जाने छैन : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसिसीको सन्दर्भमा एमालेले देश र जनताको हितलाई ध्यानमा राखेर आवश्यक कदम चाल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा एमाले निकट प्रगतिशील पेशागत कानुन व्यसायी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसिसीका विषयमा आफूहरु तथ्यबाट निर्देशित हुने भन्दै देश र जनताको हितलाई राख्दै आवश्यक कदम चाल्ने बताएका हुन् ।

उनले एमसिसीबारे संसदमा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको पनि बताए । ओलीले सभामुख अग्नि सापकोटाका कारण एमाले संसदको कारबाहीमा भाग लिन नसक्ने ठाउँमा रहेको उल्लेख गरे ।

त्यस्तै उनले सत्तागठबन्धन जोगाइदिन प्रचण्ड र माधव नेपालले हारगुहार गरिरहेको र एमाले कांग्रेसको छलफलले उनीहरुको सात्तो गएको जिकिर गरे ।

ओलीले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन खुलेरै लागेको टिप्पणी गरे । ओलीले अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले फुल बेन्चलाई पठाएका इमेलले नै एमाले र केपी ओली सिध्याउन संविधानबाहिर गएर सरकार परिवर्तनको फैसला गरेको पुष्टि गरिसकेको तर्क गरे ।

एमालेलाई चोलेन्द्र शमशेर वा अरु कुनै न्यायाधीशसँग सरोकार नरहेको समेत प्रष्ट पार्दै ओलीले लोकतन्त्रलाई सुदृढ पार्न न्यायालयको सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले प्रधानन्यायाधिश जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग संसदमा निर्णयार्थ प्रस्तुत नहुने दाबी पनि गरे ।

उनले गठबन्धनको ध्येय न्यायिक क्षेत्रलाई अस्तव्यस्त बनाउनु मात्र रहेको उल्लेख गरे । उनले अझै पनि निर्वाचन सार्ने खेल भइरहेको भन्दै समयमा नै निर्वाचन गर्न दबाब दिनुपर्ने र समयमा नै निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको