४ पुस २०८२, शुक्रबार | December 20, 2025

आध्यात्मिक चिन्तनले निष्ठा र नैतिक समाज निर्माण गर्छ : सभामुख घर्ती



बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण बहादुर घर्तीले आध्यात्मिक चिन्तनले निष्ठा र नैतिक समाज निर्माण गर्ने बताएका छन् । महाशिवरात्री महोत्सवमा ब्रम्हाकुमारी ग्लोबल पिस रिट्रिट सेन्टर ढवाहले रुपन्देहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले योग र ध्यानले उच्च नैतिक समाज निर्माणमा टेवा दिने बताए ।

सभामुख घर्तीले आध्यात्मिक चिन्तनले समाज मात्र होइन समाजमा हुने विकृति र विसंगतिलाई हटाउन पनि मुख्य भुमिका खेल्ने दाबी गर्दै समाजमा हुने विकृति र विसंगतिलाई हटाउन योग र ध्यानलाई निरन्तरता दिनु पर्ने बताए ।

कार्यक्रममा ब्रम्हाकुमारीज नेपालका सह–निर्देशक ब्रम्हाकुमारी कमला दिदीले समाजमा रहेको दुव्र्यसनी तथा भ्रष्टाचारलाई निरुत्साहित गर्दैै उच्च नैतिक समाज निर्माणका लागी झाँकी तथा रथयात्रा सहित शिवरात्री विशेष कार्यक्रम गरिएको बताइन् । उनले रुपन्देहीका मुर्गिया शाखा, फर्साटिकर तथा बुटवल भैरहवा लगायत विभिन्न शाखाहरुमा आध्यात्मिक सन्देश सहितका कार्यक्रम सञ्चालन भएको जानकारी दिइन् ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको