२३ बैशाख २०८३, बुधबार | May 7, 2026

पशुपतिमा महाशिवरात्रिको चहलपहल, देशभरिका शिव मन्दिरमा भक्तजनको घुइंचो



काठमाडौं । आज महाशिवरात्रि । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा विशेष मेला लाग्ने गर्छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो लागेको छ ।

हिन्दूहरुले शिव मन्दिरमा रहेका आफ्ना आराध्यदेव महादेवको आराधना, भजन किर्तन, पूजा, होम रातभर जाग्राम बसेर महाशिवरात्रि पर्व मनाइरहेका छन् । यस उपलक्ष्यमा पशुपतिनाथको पूजा दर्शन गर्न बिहानदेखि स्वदेशी तथा विदेशी भक्तजनको ठूलो भीड लागेको छ ।

दर्शनार्थीका लागि बिहानैदेखि मन्दिरको चारैवटा ढोका खुला गरिएको छ ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ । यस रातलाई उनीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रुपमा लिने गर्दछन् ।

१० लाखले पशुपति दर्शन गर्ने आँकलन

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाका अनुसार महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएका छन् । एकैदिन १० लाख भक्तजनले पशुपति दर्शन गर्ने आँकलन गरिएको छ ।

दर्शन गर्न रुट मिलाइएको छ । जसअनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी(इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ।

ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा आज उपत्यकबामा विशेष ट्राफिक व्यवस्थापन गरेको छ । ‘महाशिवरात्रि पर्व-विशेष ट्राफिक व्यवस्थापन योजना’ अनुसार विशेषगरी पशुपति क्षेत्रमा ट्राफिक व्यवस्था मिलाइएको महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले जानकारी दिए ।

महाशिवरात्रिमा १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उनका अनुसार गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ स्थान तोकिएको छ ।मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवगमन निषेधगरी बैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ ।

सवारीसाधनलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्हेश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ७ : २८ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा