१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

पार्टीलाई समाप्त पार्ने षड्यन्त्र चुड्कीको भरमा असफल पार्‍यौं : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफुहरुलाई समाप्त पार्ने षड्यन्त्रलाई समाप्त पारेको दाबी गरेका छन् ।

मंगलबार एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले फागुन १ मा आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजेको जिकिर गर्दै त्यो षड्यन्त्रलाई आफुहरुले चुड्कीको भरमा समाप्त पारिदिएको दाबी गरेका हुन् । नेपालले भने ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने षड्यष्न्त्रहरु एकै मिनेटमा चुड्की बजाएर समाप्त पारिएको छ ।’

फागुन १ गते सर्वोच्च अदालतमा माधवनेपालसहित १४ सांसद विरुद्धको मुद्दा पेशीमा चढेको थियो । तर सत्तारुढ गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गरेपछि त्यो पेशी अघि बढेको थिएन ।

अध्यक्ष नेपालले ओली नेतृत्वकै सरकारका कारण एमसीसीबारे भ्रम फैलिएको पनि दाबी गरे । उनले एमसीसीबारे ओली सरकारकै मन्त्रीहरूले भ्रम फैलाएका कारण त्यसको दोषी उनी समेत भएको जिकिर गरे । अहिले एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणा गरेर आफुहरुले जनतामा रहेको भ्रम पनि हटाउन सफल भएको बताए । उनले भने, ‘एमसीसीबारे पार्टीले स्पष्ट भएर अघि बढ्नुपर्छ भनेर निर्णय गरेको थियो । त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएको र त्यसमा विश्वास गर्ने आधार बनेको हो । अहिले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो ।’ एमसीसीबारे देखिएको विवाद र आशंका घोषणापत्रले निवारण गरेको दाबी गर्दै उनले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए ।

नेपालले एमाले अध्यक्ष केपी ओलीमा देशभक्तिको भावना नभएको आरोप समेत लगाए । उनले भने, ‘केपी ओलीमा देशभक्तिको भावना छँदैछैन । कम्युनिस्ट हुन लायक छैनन् । म चुनौतीका साथ भन्न चाहन्छु, यदि तर्कको मैदानमा, तर्क प्रस्तुत गर्ने ठाउँमा आउनुस् ।’

नेपालले आफुहरु सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताए । सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने विषयमा आफ्नो पार्टी कतै सहमत नहुने स्पष्ट पारे ।

 

 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ३ : ३० बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय