२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन



बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा हुन लागेको निर्वाचनले मात्र मुलुकका जटिल समस्याको समाधान नहुने बताएका छन् । उनले निर्धारित समयभन्दा अगाडि चुनाव गराउँदैमा देशको निकास सम्भव नभएको दाबी गरे ।

राप्रपाका रुपन्देही क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा उम्मेदवार प्रज्ज्वल बोहोराको चुनावी कार्यक्रमलाई देवदहमा शनिबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश चुनावतर्फ अघि बढिसकेपछि प्रजातान्त्रिक पार्टीको नाताले राप्रपाले निर्वाचन स्वीकार गरेको स्पष्ट पारे । उनले जनताको अधिकार र प्रजातान्त्रिक मूल्यअनुसार पार्टी जनताको घरदैलोमा पुगेको बताए ।

अध्यक्ष लिङ्देनले सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति कायम गरेर निर्वाचन दुई-चार महिना सार्न सकिने विकल्प पनि रहेको उल्लेख गरे । उनले भने, “समझदारीका आधारमा चुनावमा जाऔं भन्ने प्रयास भइरहेको छ । देश चुनावमा गए पनि राप्रपालाई संसदमा बलियो शक्तिका रूपमा स्थापित गरिदिनुहोस्, ताकि राष्ट्रिय सहमतिका लागि दबाब सिर्जना गर्न सकियोस् ।”

उनले देशको स्थायित्व र समृद्धिका लागि राजा, राजनीतिक दल र नयाँ युवा पुस्ताबीच सहमति आवश्यक रहेको बताए । निषेधको राजनीति अन्त्य गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर नयाँ समझदारी गर्नुपर्ने उनको धारणा थियो ।

अध्यक्ष लिङ्देनले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्रको स्थापना र संघीयता खारेजीका साथै समग्र देश विकासको स्पष्ट योजना राप्रपासँग रहेको दाबी गरे । भ्रष्टाचाररहित शासन सञ्चालन गर्न सके पाँच-छ वर्षभित्र देशलाई समृद्ध बनाउने सम्भावना रहेको उनको भनाइ थियो । उनले मतदातालाई विवेकपूर्ण ढंगले मताधिकार प्रयोग गर्न पनि आग्रह गरे ।

देशमा तीन दशकभन्दा बढी समयदेखि सीमित राजनीतिक दलले शासन गर्दै आएको आरोप लगाउँदै उनले जनतामा राजनीतिक नेतृत्वप्रति निराशा बढेको बताए । नेताहरूले समयमै नयाँ समझदारी नगरे देशको अवस्था झन् जटिल बन्न सक्ने चेतावनी पनि उनले दिए ।

उक्त कार्यक्रममा उम्मेदवार प्रज्ज्वल बोहोराले क्षेत्रका मतदाताबाट आफूले व्यापक साथ, समर्थन र विश्वास प्राप्त गरिरहेको दाबी गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरे । उनले रुपन्देही क्षेत्र नम्बर-१ को समग्र विकासका लागि स्पष्ट योजना रहेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ७ : २९ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री