१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण



बाग्लुङ । बाग्लुङ नगरपालिकाले धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण गरेको छ ।

नगरपालिकाको १२ लाख २० हजार र धौलागिरि अस्पतालको दुई लाख रुपैयाँ गरी कुल १४ लाख २० हजार रुपैयाँ कर छुटसहित शवबहान खरिद गरी हस्तान्तरण गरेको हो । अस्पतालमा यसअघि शवबहान नहुँदा एम्बुलेन्सले शव बोक्दै आएको थियो ।

कोरोनाको संकटकालिन अवस्थामा बाग्लुङ नगरपालिकाले निजी सवारीसधान भाडामा लिएर अस्थायी शवबहानको रुपमा प्रयोग गर्न अस्पताललाई उपलब्ध गराएको थियो । जिल्लाका कुनै पनि स्थानीय तह र सरकारी अस्पतालमा शवबहान नभएपछि नगरपालिकाले खरिद गरेको बाग्लुङ नगरपालिकका प्रमुख जनकराज पौडेलले बताए ।

निजी सवारीसाधानले शव बोक्न नमान्ने र बाध्य भएर बोक्नु पर्ने भए बढी शुल्न लिने गरेको गुनासो बढेपछि नगरपालिकाले स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर शवबहान खरिद गरेको मेयर पौडेलको भनाइ छ । शवबहान सञ्चालन र व्यवस्थापनका लागि अस्पताललाई हस्तान्तरण गरेको हो ।

‘अब एम्बुलेन्सले शव बोक्नु पर्ने बाध्यता हटेको छ,’ अस्पतालका प्रमुख डा। सैलेन्द्र विक पोखरेलले भने, ‘सेवाग्राहीले महंगो भाडा तिरेर निजी सवारीको प्रयोग पनि गर्नुपर्ने छैन ।’ नगरपालिका र अस्पतालले संयुक्त कार्यविधि बनाएर शवबहान सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ३ : ५७ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा