१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

नवनिर्मित ढुवानी ग्रामको औषधी ओसारपसार गर्न असहज भएको औषधी व्यवसायीको गुनासो



बुटवल । बजार क्षेत्रमा रहेका औषधी ब्यवसायीहरुको संबेदनसिल औषधिजन्य सामानहरु नवनिर्मित ढुवानी ग्रामबाट ओसारपोसार गर्न कठिनाई उत्पन्न भएको औषधी व्यवसायीहरुले गुनासो गरेका छन् । थोक बिक्रि र ट्रकमा लोड गर्नु पर्ने सामानहरुलाई बुटवल उपमहानगरले अनिवार्य ढुवानी ग्रामबाटै ओसारपसार गर्ने पर्ने नियम बसालेपछि औषधी व्यवसायीहरुको यस्तो गुनासो आएको हो । उनीहरुले औषधीजन्य सामाग्री जोखिमपूर्ण र संबेदशिल हुनुका साथै तुरन्त पु¥याउनु पर्ने पनि हुने भएकाले ढुवानी ग्रामबाट वितरण गर्न असहज हुने बताए ।

नेपाल औषधि ब्यावसायी संघ, रुपन्देही शाखाको विहिबार आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंगै सबैमा मुल्यवृद्घि भएपनि औषधीजन्य सामानमा मूल्य वृद्धि गर्न नमिल्ने हुदा समस्या उत्पन्न भएको बताए । थोरै दुरि भएपनि ढुवानीको मुल्य बढि भएको गुनासो उनिहरुले गरे ।

संघका जिल्ला शाखा अध्यक्ष सुरज भट्टराईले विकासको शुरुवाती चरणमा कठिनाई उत्पन्न हुनु स्वाभाविक भएको भन्दै यसलाई सहजिकरण र समाधान गर्नेगरि अगाडि बढ्नुपर्ने बताए ।

ढुवानी ब्यवसायी संघ, रुपन्देहीका अध्यक्ष श्यामराज हमालले नगरभित्रका ढुवानी ब्यवसायीलाई एकैठाउमा राख्ने र नगरलाई सौन्दर्यिकरण गर्ने उद्येश्यका साथ ढुवानी ग्राम स्थापना भएको बताए । उनले संस्थाहरुको सहकार्यबाट अगाडि बढ्ने गरि आफुहरु सधै सहकार्यमा तयार रहेको बताए ।

रुपन्देही परिवहन संघका अध्यक्ष कमल घिमिरेले आफुहरु समस्या समाधानका लागि बिकल्प खोज्न तयार रहेको बताए । कार्यक्रममा ढुवानी ब्यवसायी संघ, रुपन्देहीका महासचिव राम प्रसाद गैरेले निर्माणको ढिलाईका कारण एकवर्षपछि संचालनमा आएको ट्रान्सपोर्ट भिलेजमा उत्पन्न भएको समस्यालाई समाधानको पहल थाल्ने बताए ।

कार्यक्रममा औषधि ब्यावसायी संघ, रुपन्देही शाखाले रुपन्देही जिल्ला प्रहरी कार्यालयमा सरुवा भई आएका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीलाई स्वागत तथा सम्मान गरेको थियो ।

हाल रुपन्देहीमा १ सय २५ होलसेल औषधी ब्यवसायीहरु रहेका छन ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  १० : २० बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ