१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

नेपालगन्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन



बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व संकलन गरेको छ ।

चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा माघ मसान्तसम्ममा मात्र ११ अर्ब चार करोड ६५ लाख ८५ हजार अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली भएको भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए ।

उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका पाँच महिनामा ५५ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती छ ।

भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुन सकेको छैन । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ ।

आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो भने आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन गरेको थियो ।

नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको भन्सार प्रमुख पौडेको भनाइ छ ।

उनले चालु आवको सात महिनामा गत आवको सात महिनाको तुलनामा नौ करोड २४ लाखभन्दा बढी राजस्व संकलन भएको उल्लेख गर्दै लक्ष्य पूरा हुन नसके पनि राजस्व संकलन वृद्धि हुने क्रममा रहेको बताए ।

गत आवको सात महिनामा नेपालगन्ज नाकाबाट १० अर्ब ९५ करोड ४१ लाख राजस्व संकलन भएको थियो ।

नेपालगन्ज भन्सारमा चालु आवको साउनमा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व संकलन भएको छ ।

त्यसैगरी, असोजमा एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिकमा दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा एक अर्ब ५३ करोड ७० लाख ८२ हजार राजस्व संकलन भएको छ ।

यस्तै, मंसिरमा एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा एक अर्ब ६३ करोड ८५ लाख १० हजार, पुसमा दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा एक अर्ब ६९ करोड ४४ लाख १३ हजार र माघमा एक अर्ब करोड ६९ लाख ४० हजार लक्ष्य रहेकामा एक अर्ब ७० करोड एक लाख ८२ हजार राजस्व संकलन भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आव २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मंसिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत र माघमा ७५.१३ प्रतिशत राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ८ : ०६ बजे

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।