१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

स्थानीय तहको निर्वाचन : मतदाता नामावलीमा दाबी-विरोध आजदेखि



काठमाडौं । निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनमा हाेमिएकाे छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विराेध सुरु भएकाे छ ।

आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।

याे अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने उनले जनाए ।

७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी-विरोधका लागि निवेदन दिन सकिने र साेही आधारमा आयाेगले छानबिन गरेर मतदाताकाे अन्तिम नामावली प्रकाशन गर्नेछ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ७ : २२ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ