१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

करेन्ट लागेर वडासदस्यको मृत्यु



तनहुँ । तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ ।

नेपाली कांग्रेस व्यास नगरपालिका-१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको उनले बताए । नेपाली एक स्पष्टवक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकी एवं आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ८ : ३१ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ