४ पुस २०८२, शुक्रबार | December 20, 2025

माओवादीको केन्द्रीय समिति बैठक सुरु, नारायणकाजी श्रेष्ठ पनि सहभागी



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । राष्ट्रिय सभा गृहमा बैठक सुरु भएको केन्द्रीय सदस्य पूर्ण कुमारी सुवेदीले जानकारी दिइन् ।

यसअघि बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक नेताहरुको आन्तरिक छलफलको कारण साढे दुई घण्टा ढिला गरी सुरु भएको हो ।
बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ । ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय समितिलाई दिएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरुबीच खटपट भएको छ ।

नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका थिए । उनीहरुले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेको स्रोतले दाबी गरेको छ ।

बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएको नेतृ अन्जना बिशंखेले जानकारी दिइन् ।

आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको