१६ बैशाख २०८१, आइतबार | April 28, 2024

माओवादी बैठकमा पहिलो दिन १८ जनाले राखे धारणा



काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। प्रज्ञाभवन कमलादीमा सुरु बैठकमा बोल्ने अधिकांस सदस्यले पार्टीलाई जिवन्तता दिन संगठन सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए।

केहि सदस्यले नेतृत्व चयनमा भएको एकाधिकारका विषयमा पनि प्रश्न उठाएको एक नेताले बताएका छन्। आठौं महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूखुशी पदाधिकारी चयन गरेकोमा सदस्यले असन्तुष्टि जनाएका छन्।

उनीहरूले पार्टीलाई सही ढंगले चलाउने हो भने सबैले नेतृत्वले चुनावको सामना गर्न तयार हुनुपर्ने सुझाव दिएका थिए। बैठकलाई प्रत्यक्ष प्रशारण गर्ने भनियता पनि अन्तिममा आएर नगर्ने माओवादी स्थायी समितिले निर्णय गरेको थियो । सदस्यहरूले निर्धक्क र निर्भयका साथ आफ्ना धारणा राख्न सहज हुने भएकाले पनि बैठक लाइभ नगरिएको माओवादीको भनाई छ ।

यसअघि अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमा जनतासँग जोडिन तीन महिने अभियान संचालन गर्ने, आगामी मंसिरमा पार्टीको विधान सम्मेलन गर्ने लगायत प्रस्ताव गरिएको छ । आजबाट सुरु भएको माओवादीको बैठक ५ दिनसम्म चल्ने बताइएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ११ बजे

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको