१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

माओवादी बैठकमा एमसीसीको विषय प्रवेश, अल्पमतलाई स्थान दिने प्रचण्ड स्पष्टोक्ति



काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनसँगै हुन सक्ने बताएकी छन् ।

आफ्नो पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आगामी चुनावसम्म यहि गठबन्धन कायम रहने र ठोस निर्णय भने हुन बाँकी रहेको बताइन् ।

पार्टीभित्रका फरक मत र विचारलाई छलफलमार्फत टुंग्याउने उनको विश्वास छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विषयलाई लिएर पार्टीभित्र उत्पन्न भएको फरक मत र विचारलाई केन्द्रीय समिति बैठकमा छलफल गरेर निकास निकाल्ने घर्तीको भनाइ छ ।

एमसीसी व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएको विषय पनि बैठकको एजेन्डाको रुपमा प्रस्तुत भएको उनले जानकारी दिइन् ।

बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अल्पमतको विचारको पनि कदर हुने बताएको घर्तीले जानकारी दिइन् । असन्तुष्ट समूहले खुला रूपमा विचार राख्न पनि प्रचण्डले आग्रह गरेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ५ : ३५ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज