१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी प्रदेशको प्रादेशिक विश्वविद्यालय स्थापनाको संभावना



नेपालको आधुनिकिकरण आँफैंमा पृथक छ । पूर्विय दर्शनलाई आधार मानि हालको विकशित रूपमा आईपुग्दा यसले धेरै आरोह अवरोहहरू पार गरेको छ । जंगबहादुर राणा बेलायतको भ्रमणबाट फर्केफछि वि. सं. १९१० असोज २७ गते दरवार हाईस्कुल स्थापना गरि औपचारिक रूपमा शिक्षाको ढोका खोलेका थिए । जुन परिवेश र चाहना राखेर त्यो विद्यालय खोलिएको भए पनि शिक्षाको क्षेत्रमा यो नै पहिलो संगठित सरकारी शैक्षिक संस्था हो ।

यसरी शुरू भएको नेपालको शैक्षिक यात्रा आजका दिनसम्म आईपुग्दा लगभग पचासौँ हजार संख्यामा विद्यालय, हजारौँको संख्यामा क्याम्पस देशभरी छरिएर रहेका छन भने १२ वटा विश्वविद्यालय र छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शिक्षा प्रदान गरिरहेका छन् । हाल संचालनमा रहेका एघारवटा विश्वविद्यालयलाई नेपाल सरकारले तयार पारेको उच्च शिक्षा ऐन – २०७६ को दफा २१ को उपदफा ३ बमोजिम दुई प्रकारमा विभाजन गरेको छ । त्रिविवी, नेपाल संस्कृत वि.वि., लुम्बिनी बौध्द वि. वि., कृषि तथा वन वि. वि. र नेपाल खुला वि. वि. लाई संघिय सरकार अन्तर्गत केन्द्रिय वि. वि. र पूर्वाञ्चल वि. वि., राजर्षि जनक वि. वि., पोखरा वि. वि., मध्यपश्चिम वि. वि. र सुदुर पश्चिम वि. वि. लाई प्रदेश सरकार अन्तर्गत रहने गरि प्रदेश वि. वि. का रूपमा रहने व्यवस्था गरेको छ । त्यसैगरि काठमाणडौ वि. वि. को हकमा विधानमा तोके बमोजिम गर्ने भनि तोकेको छ ।

कवीन्द्र राज भट्टराई

नेपालको जनसंख्या २०६८ सालको जनगणना अनुसार २,६६,२०,८०९ रहेको थियो भने सन् २०१९ को प्रक्षेपणले २,८६,१०,००० पुगेको अनुमान गरेको छ । हाल करिब २ करोड ९२ लाख जनसंख्यालाई शिक्षा प्रदान गर्न एघारवटा वि. वि. छन् जुन करिब साढे चौबीस लाख जनसंख्या बराबर एउटा वि. वि. हो । दक्षिण एसिया कै श्रीलंकामा सन् २०१९ को प्रक्षेपण अनुसार २ करोड १८ लाख जनसंख्या पुगेको अनुमान छ भने १६ वटा वि. वि. रहेका छन् । जुन करिब प्रति पौने १४ लाख जनसंख्यामा एउटा वि. वि. हो ।

छिमेकी मुलुक भारतमा १अर्ब ३६ करोड जनसंख्यामा करिब एक हजार वि. वि. रहेका छन् । यो करिब साढे १३ लाख जनसंख्यामा एउटा वि. वि. को अनुपात हो । ५४ वटा केन्द्रिय, ४१६ वटा प्रदेश, १२५ वटा मानित र ३६१ वटा निजी वा प्राईवेट वि. वि. गरि जम्मा चार किसिमका वि. वि. रहेको भारतमा यी सँगै विभिन्न अध्ययन प्रतिष्ठानहरू रहेका छन् ।

यसैगरि चिनको जनसंख्या २०१९ को प्रक्षेपणकै आधारमा १ अर्ब ३९ करोड छ भने सबै प्रकारका वि. वि. गरेर जम्मा जम्मी २,६८८ वि. वि. रहेका छन् । त्यहाँ करिब सवा ५ लाख जनसंख्या बराबर एउटा वि. वि. रहेको छ । संसारकै विकशित देश भन्ने बित्तिकै हाम्रो ध्यान जाने अमेरिकामा ३२ करोड ८२ लाख जनसंख्यामा विभिन्न प्रकारका लगभग ५,३०० वि. वि. छन् । अमेरिकामा लगभग पौने लाख जनसंख्यामा एउटा वि. वि. रहेको छ र त शिक्षाले अग्रगामी छलांग मारेको छ । संसारका ज्ञानका भोका व्यक्तिलाई अमेरिकाले सजिलै खुराँक प्रदान गरि शिक्षाको वैदेशिक व्यापार गर्न सफल भएको छ । त्यसैले नेपालमा पनि जानसांखिक आधारमा सार्क तह सम्म पुग्न पनि शिक्षामा लगानि बढाई अझै केही वि.वि. स्थापना गर्नु पर्ने देखिन्छ । आज शिक्षामा गरिएको लगानिले भोलि समृध्द राष्ट्र सिर्जनामा टेवा पुर्याउने निश्चित छ ।

नेपालमा संचालित सबैजसो वि. वि. सघन वि. वि. को रूपमा रहेका छन् । देशकै ठुलो संजाल र धेरै विद्यार्थी रहेको सबैभन्दा पुरानो त्रिवीवी कै उत्पादनमा समेत बेला/बेला खोट लागेको भेटिन्छ र यसको गुणस्तरमा समेत प्रश्न उठाईएको पाईन्छ ।

प्रस्तावित उच्च शिक्षा ऐनको आधारमा संघिय सरकारले स्थापना गरेर प्रदेश सरकारलाई जिम्मा लगाउन खोजेका पाँचवटा वि.वि. भए पनि वाग्मती र लुम्बिनी प्रदेशमा हालसम्म प्रदेश स्तरको वि. वि. नहुने निश्चित छ । देश संघियतामा प्रवेश गरिसके पछि सबै प्रदेशको समानुपातिक विकाश हुनु आवश्यक छ । विकाशका लागि शिक्षा अनिवार्य आवश्यकता हो । किनकी शिक्षा भनेको पूर्वाधारको पनि पूर्वाधार हो । महान् दार्शनिक प्लेटोले वैयक्तिक न्याय र सामूहिक न्याय दिनुलाई उच्च शिक्षाको उद्देश्य ठान्छन् भने अर्का दार्शनिक एरिस्टोटलले समाजलाई खुसी बनाउने ज्ञान, सीप, स्वभाव र सामर्थ्यको विकाश गर्नुलाई वि. वि. को उद्देश्य ठान्छन् । यसैगरि पूर्वीय दार्शनिक चाणक्यले पनि समाजलाई सुख दिने ज्ञानलाई नै शिक्षा मान्दछन् । यस अर्थमा शिक्षा भनेको नयाँ नयाँ ज्ञान, सीप र अवधारणाहरू हुन भने वि। वि। ज्ञानको केन्द्रको रूपमा रहेको शैक्षिक या प्राज्ञिक संस्था हो । फलतस् प्रदेशको समुचित विकाश गरि समृध्दिको यात्रामा अघि बढ्न वि। वि। अपरिहार्य रहेको हुन्छ । प्रदेशको समृध्दि र जनताको सुख वि. वि. को स्थिति हेरे प्रष्ट हुन्छ भनेर भन्ने गरिन्छ ।

नेपालमा संचालित सबैजसो वि. वि. सघन वि. वि. को रूपमा रहेका छन् । देशकै ठुलो संजाल र धेरै विद्यार्थी रहेको सबैभन्दा पुरानो त्रिवीवी कै उत्पादनमा समेत बेला/बेला खोट लागेको भेटिन्छ र यसको गुणस्तरमा समेत प्रश्न उठाईएको पाईन्छ । एउटा वि. वि. बाट स्नातक उत्तीर्ण विद्यार्थी अर्को वि. वि. को स्नातकोत्तर तहको भर्नाको लागि योग्य हुन नसकेका कतिपय उदाहरण भेटिन्छन् । काठमाण्डौ वि. वि. ले प्रविधिक शिक्षालाई जोड दिइरहेको भएता पनि यो समेत सघन वि. वि. कै रूपमा संचालन हुन पुगेको छ ।

देशमा हालसम्म कुनै पनि वि. वि. विशिष्टिकृत रूपमा संचालन हुन सकेको अवस्था छैन । यो रूपमा संचालन गर्न खोजिएका लुम्बिनी वौध्द र कृषि तथा वन वि.वि. पनि सफल रूपमा संचालन भई उत्कृष्टता प्रदर्शन गर्न अझै केही समय लाग्ने देखिन्छ ।

यसरी हेर्दा लुम्बिनी प्रदेशमा प्रादेशिक (प्रदेश) वि. वि. नहुनु दुःखको कुरा हो । प्रदेश सरकारले प्रदेश प्राविधिक वि. वि. स्थापना गरि संचालन गर्न आर्थिक वर्ष २०७६र०७७ मा ३ करोड , गत आर्थिक वर्षमा ७ करोड र चालु आर्थिक वर्ष २०७८र०७९ मा १० करोड रकम विनियोजन गरेको छ । विनियोजित रकम ऐनको अभावमा खर्च हुन सकेको छैन् भने वि. वि. स्थापनाका लागि आवश्यक पूर्वाधार समेत विकाश गर्न सकिरहेको अवस्था छैन् । खजुरा गाउँ पालिकाको सहयोगमा १०० बिघा जग्गा प्राप्ति गरिएको भएता पनि वि. वि. गठन हुन नसक्दा सम्पत्तिको हक हस्तान्तरणमा समेत समस्या देखा परेको छ । कतिपयले त लगातार तिन वर्ष बजेट विनियोजन गरेर काम नगरि यहाँ कहिल्यै वि. वि. बन्न नदिने षडयन्त्र भएको समेत भन्दछन् । तर अब यस पटक जसरी भए पनि वि. वि. ऐन पारित गराइ वि. वि. गठनको प्रयास सफल पारिने कुरा पालिका प्रमुख किस्मत कुमार कक्षपति बताउँछन् ।

देशमा एघार वटा वि. वि. भएपनि लगभग ८० प्रतिशत विद्यार्थीको भार त्रिवीवी मै छ । त्रि. वि. ले प्राविधिक तर्फ विज्ञान तथा प्रविधि, चिकित्सा विज्ञान, ईन्जिनियरिंग, खाद्य विज्ञान, कृषि, वन विज्ञान लगायत अध्यापन गराउँछ भने साधारण तर्फ मानविकी, शिक्षा, व्यवस्थापन, कानुन लगायतका संकायहरू संचालन गरेको छ ।

विश्वका राम्रा वि. वि. बाट स्नातकोत्तर उत्तीर्ण गर्ने एउटा विद्यार्थीले कम्तिमा एउटा मध्यम खालको जर्नलमा एउटा भएपनि लेख प्रकाशन गर्नु पर्ने हुन्छ ।तर हामि कहाँ त दुई तिनवटा विषयमा स्नातकोत्तर पास गरेका कतिपय विद्यार्थीले निवेदन समेत लेख्न अक्मकिन्छन् किन होला ?

उच्च शिक्षाले देशको आर्थिक, सामाजिक तथा भौतिक विकासका लागि आवश्यक पर्ने विविध प्रकारका विज्ञ तथा उच्च जनशक्ति उत्पादन गर्न सक्नु पर्दछ । देशका करिब ८० प्रतिशत विद्यार्थीले एकै प्रकारको पाठ्यक्रम तथा पाठ्यवस्तु अध्ययन गरि एकै प्रकारको परीक्षा प्रणालीबाट उत्तीर्ण हुने गर्दछन भने कसरी आउँछ त शैक्षिक विविधता ? कतिपय विकशित देशका वि. वि. ले आफ्ना उत्पादनलाई प्राध्यापकमा नियुक्त गर्दैनन् कारण सिकाईमा विविधता आवस भनेर तर हामी कहाँ सबै जसो भार त्रि. वि. वि. ले धानेकोले सो खालको प्रावधानको आश गर्न सकिंदैन । शैक्षिक विविधताका लागि पनि लुम्बिनी प्रदेशले स्थापना गर्न खोजेको प्रदेश प्राविधिक वि. वि. उपयुक्त रहेको पुष्टी हुन्छ ।

वि. वि. हरूमा नविनतम् ज्ञान, सीप र अवधारणाहरूको विकाश गरि नवप्रवर्तनमा सहयोग पुर्याउन अनुसन्धानमा आधारित शिक्षण प्रकृया लागू गर्नु पर्दछ । तर हाम्रा अधिकाँश वि. वि. हरूमा उहि पुरानै शैलि जसमा प्राध्यापकको व्याख्या र पाठ्यपुस्तकलाई आधार मानि बनाईएका नोटहरू घोकेर परीक्षा उत्तीर्ण गर्ने प्रचलन रहेको छ । यही खालको घोकन्ते विद्याले गर्दा नै बेरोजगार उत्पादनका केन्द्रका रूपमा हाम्रा वि. वि. उभिन वाध्य छन् । वि. वि. को शिक्षालाई समाजसँग जोडेर स्थानिकिकरण गर्दै विश्वव्यापिकरण तर्फ लाग्नु पर्दछ । हामिले हाम्रा वि. वि. लाई समाजसँग एकाकार हुने वातावरण सिर्जना गर्न सकेनौँ । त्यसैले वि. वि. हरूले ठुला ठुला सिध्दान्त त सिकाए तर हाम्रो चुरेको बालुवा चिनाउन सकेनन् । कुन सिध्दान्त कसले प्रतिपादन गरे भन्ने त सिकाए तर कर्णाली, कोशी तथा गण्डकीको पानी चिनाउन सकेनन् । यसले गर्दा हामिलाई सुनको कचौरा लिएर भिक माग्ने खालको जनशक्ति बनाईदिए । जुन हाम्रै लागि अभिसाप सिध्द भयो ।

विश्वका राम्रा वि. वि. बाट स्नातकोत्तर उत्तीर्ण गर्ने एउटा विद्यार्थीले कम्तिमा एउटा मध्यम खालको जर्नलमा एउटा भएपनि लेख प्रकाशन गर्नु पर्ने हुन्छ ।तर हामि कहाँ त दुई तिनवटा विषयमा स्नातकोत्तर पास गरेका कतिपय विद्यार्थीले निवेदन समेत लेख्न अक्मकिन्छन् किन होला ? यसैगरि विद्यावारिधी गर्ने विद्यार्थीले लगभग २ वा ३ वटा पेपर लेखेर स्तरिय जर्नलमा छपाउनु पर्ने हुन्छ । यसरी हेर्ने हो भने हाम्रो देशका करिब एक हजारको हाराहारीमा रहेका प्राध्यापकहरूका कति लेख आउनु पर्ने हो ? त्यो भन्दा बढी सह प्राध्यापक र अझै बढी उप प्राध्यापक रहेका छन् । यसरी हेर्दा देशमा पेपर प्रकाशन गरि ज्ञानको भण्डार भरिनु पर्ने हो तर खै मुस्किलले वर्षमा एकादुई जर्नल प्रकाशन हुन्छन् । यो अवस्थाले पुराना वि.वि. को दयनिय स्थिति प्रदर्शन गरिरहेको छ ।

त्यसैले नयाँ स्थापना हुने वि. वि. अस्तित्वमा रहेका विभिन्न वि. वि. भन्दा धेरै कुरामा पृथक हुनु पर्दछ । पहिलो यसले विद्यार्थीमा अन्तर्निहित संभावनालाई प्रस्फूटन गराई उसमा निरन्तर ज्ञानको भोक जगाउन सक्ने खालको शिक्षा प्रदान गर्न सक्ने हुनु पर्दछ । दोस्रो यसको कोरा ज्ञानले विद्यार्थीको वैयक्तिक मागलाई पुरा गर्न नसक्ने हुँदा ज्ञानलाई सार्थक बनाउन विद्यार्थीको आवश्यकता, ईच्छा र चाहना परिपूर्ति गर्दै उसको जिवनमा उपयोग हुने खालको शिक्षा प्रदान गर्न सक्ने हुनु पर्दछ । तेस्रो वि. वि. ज्ञानको केन्द्र हुने हुँदा वि. वि. ले जहिले पनि नयाँ नयाँ ज्ञानको सिर्जना गर्नु पर्दछ । अनुसन्धानबाट सिर्जित ज्ञानको परिक्षण, पुनर्सिर्जना तथा पुनर्परिक्षण गर्दै आएका निष्कर्षहरूलाई संलेषण गर्दै ति ज्ञानहरूलाई निरन्तर परिमार्जन गरिरहने गर्नु पर्दछ । चौथो वि। वि। जहिले पनि समाजसँग एकाकार भएको हुनु पर्दछ । त्यसकारण वि. वि. ले प्रदान गर्ने शिक्षाले जहिले पनि समाज र राष्ट्रलाई योगदान गर्ने र राष्ट्र भक्तिभाव सिर्जना गर्दै समाज प्रति उत्तरदायी हुनसक्ने जनशक्ति उत्पादन गर्ने खालको हुनु पर्दछ । यस किसिमको भावले समाजलाई एकतावद्ध बनाउँछ भने समाजमा सह अस्तित्वको भावना समेत पैदा गर्दछ ।

यी कुराहरूलाई आधार मान्दा वि. वि. बाट डिग्री प्राप्त गरेर व्यक्ति विद्वान त बन्न सक्ला तर पूर्ण हुन सक्दैन् । कुनै विद्यार्थी कक्षामा प्रथम हुन्छ पढाईमा अब्बल छ तर सोही कक्षामा पढ्ने सहपाठीले प्रेम प्रस्ताव स्वीकार नगर्दा उसलाई बाटोमा बलात्कार गरि हत्या गरिदिने धम्कि दिन्छ भने ऊ कोरा ज्ञानले दिक्षित भएको भएता पनि विचारले दिग्भ्रमित या विछिप्त मानसिकतामा रहेको मान्न सकिन्छ । प्रकारको शिक्षाको जिवनमा के काम ? त्यसकारण जिवनलाई पूर्णता दिने खालको शिक्षाको आवश्यकता अझै बुलन्द बन्दै गइरहेको छ । हो यसतै जिवन उपयोगी शिक्षाको प्यास मेट्ने खोलीको रूपमा अबको वि. वि. आउनु पर्दछ ।

नयाँ स्थापना हुने वि. वि. ले प्रदान गर्ने शिक्षा त्यस्तो हुनु पर्दछ जसले सबै किसिमका दासता, पराधिनता र पछौटेपनबाट छुट्कारा प्रदान गरोस् । वि. वि. बाट दिक्षित व्यक्तिलाई स्वाभिमानीपूर्ण तरिकाले बाँच्न सक्ने सीप सिकाई सहजरूपमा रोजगारीको अवसर प्राप्त गरोस् । त्यसकारण अबको समयमा स्थापना हुने चाहे केन्द्रिय होस वा प्रदेश वि. वि. होस त्यसले शिक्षार्थीलाई सबै खाले विभेद र पछौटेपन हटाई स्वाभिमानपूर्वक बाँच्नका लागि आवश्यक पर्ने ज्ञान, सीप, अवधारणा र प्रविधिले यूक्त बनाउन सक्ने र नयाँ ज्ञान र विचार उत्पादनको केन्द्र बन्दै देश कै गौरबपूर्ण संस्था बन्ने खालको हुनु आवश्यक छ ।

संचालनमा रहेका धेरै जसो वि। वि। हरूले शिक्षण सिकाईमा नयाँ प्रविधि भित्र्याउन सकेका छैनन् । उनिहरूको सिकाई प्रक्रिया अनुसन्धानमा आधारित हुन पनि सकेको छैन् । अनुसन्धानमा आधारित क्रियात्मक पद्दतीको प्रयोग गरि शिक्षण प्रक्रिया अगाडि बढाउँदै वि। वि। हरू अनुसन्धान केन्द्र बन्नु पर्नेमा राजनितिक भागबण्डाको केन्द्रका रूपमा परिणत हुन विवश छन् । कुनै कुनै वि. वि. मा त चार अंकका संख्यामा विद्यार्थी पुर्याउन पनि मुस्किल छ । कुनै वि. वि. का केन्द्रिय क्याम्पस काठमाण्डौ उपत्यका बाहिर भए पनि सम्पर्क कार्यालयका नाममा पदाधिकारीहरू काठमाण्डौ मै बस्ने परिपाटी रहेको छ । त्यसैले वि. वि. स्थापना गर्ने बेलामा नै यो वि. वि. किन, कसरी, कहाँ र कसका लागि भन्ने कुराहरू निर्क्यौल गर्नु आवश्यक छ ।

युरोपको पुरानो वि. वि. बोलोग्ना वि. वि. सन् १०८८ मा स्थापना भएपनि यो विश्व वरियतमा १७७ औँ स्थानमा पर्दछ । तर बेलायतको अक्सफोर्ड वि. वि. सन् ११६७ तिर स्थापना भएपनि विश्व वरियतामा प्रथम स्थानमा पर्दछ । विश्व वरियता जेष्ठताका आधारमा हुँदैन् । यो त अनुसन्धान र ज्ञानको सिर्जना गरि प्रताशनलाई प्राथमिकतामा राखेर गरिने अध्ययन अध्यापनले निर्धारण गर्ने कुरा हो । जुन वि. वि. ले खोज अनुसन्धानलाई प्रथमिकता दिन सक्यो त्यो नै अब्बल सावित हुने हो । हाम्रा वि. वि. विश्व वरियतामा पछि पर्नुको मुख्य कारण नै यही हो ।

हाल नेपालमा आंगिक, निजी र सामुदायिक गरि लगभग १४ सयको संख्यामा विभिन्न स्थानमा क्याम्पसहरू रहेका छन् । वि. वि. जाने उमेरका जनसंख्या मध्ये लगभग १६ प्रतिशत मात्र विभिन्न क्याम्पसमा भर्ना हुँदी वि. वि. हरूमा ४ लाख विद्यार्थी रहेका छन् । भर्ना दरलाई बढाउन सकियो भने विद्यार्थी संख्या अझ धेरै हुने देखिन्छ । ज्ञानमा नयाँपनको सिर्जना गर्न शिक्षामा पनि विविधता हुनु पर्दछ । एकलौटे शिक्षाले नयाँपन दिन गाह्रो हुन्छ । नयाँपन र विविधता नहुने हो भने कसरी हुन्छ ज्ञानमा नवप्रवर्तन वा इनोभेसन रु हामि इनोभेसनका कुरा गर्छौ तर ज्ञानमा विविधताको कुरा स्विकार्न गाह्रो मान्छौँ । विविधताका लागि त्रि. वि. को उच्च शिक्षाको ८० प्रतिशत भारलाई कम गर्दै जानु जरूरी छ । त्यसकारण पनि फरक वि. वि. आवश्यकता महसुस गरिएको हो । यस अर्थमा लुम्बिनी प्रदेशले अघि सारेको प्रदेश प्राविधिक वि. वि. को पाठ्यक्रम, परीक्षा प्रणाली, सिकाई पद्दती, शिक्षक व्यवस्थापन पक्ष तथा भौतिक संरचना र साधन स्रोत पुराना वि. वि. भन्दा पृथक हुनु आवश्यक छ ।

उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरू मध्ये करिब २५ प्रतिशत विद्यार्थीहरू मात्र विज्ञान र प्रविधि क्षेत्रमा अध्ययन गर्दछन् । जुन विकशित देशको तुलनामा ज्यादै न्यून हो । छिमेकि मुलुकहरू भारत र चिनमा क्रमशः ३५ प्रतिशत र ४० प्रतिशत विद्यार्थीहरू विज्ञान र प्रविधिको अध्ययन गर्दछन् । हामीले छिमेकि देशहरू कै सिको गर्ने हो र उनिहरूसँग समतुल्य हुन चाहने हो भने पनि अझ धेरै संख्यामा प्राविधिक विद्यार्थीहरू वृध्दि गर्नु पर्ने हुन्छ । त्यसका लागि फरक र विशिष्टिकृत प्राविधिक वि. वि. को खाँचो छ । यही कुरालाई आत्मसाथ गर्दै लुम्बिनि प्रदेश सरकारले बाँकेको खजुरामा प्रदेश स्तरिय प्रदेश प्राविधिक वि. वि. स्थापना गर्न लागेको हो ।

हाम्रा वि. वि. हरू अति राजनितिले बिगारेको भनि रहेका छौँ । राजनिति भनेको सबै नितिको मुख्य निति हो । देशमा आएको राजनैतिक परिवर्तन सँगै हामिले विभिन्न प्रकारका राजनितिक प्रयोगहरू गर्दै आफ्नै प्रकारको ज्ञान हाँसिल गर्दै स्थिर सरकारको चाह तिर बढिरहेका छौँ । यस्ता प्रकारका प्रयोगहरूमा राम्रा भन्दा नि हाम्रा मान्छेहरूले अवसर प्राप्त गर्ने भएकाले धेरै जसो ठाउँमा दक्ष जनशक्तिको अभावमा लथालिंगको परिस्थिति सिर्जना भएको कुराको दुई मत छैन् । त्यसैले वि. वि. हरूमा नियुक्त हुने पदाधिकारीहरू त्यस संस्थाको अर्थ, काम, कर्तव्य तथा महत्व बुझेका र नेतृत्व क्षमता भएका ूहाम्रा तर राम्राू मान्छे भन्ने अवधारणा राजनितिक पार्टीहरूले लिने र नातावाद तथा कृपावादलाई अंगिकार नगर्ने हो भने यस्तो लथालिंगको अवस्थाबाट सजिलै छुटकारा पाउन सकिन्छ । यसले आजको दिनमा देखा परेका अस्थिरताको जालो सजिलै तोडिने छ ।

लुम्बिनी प्रदेश सरकारले यहीँको माटो सुहाउँदो शिक्षा प्रदान गर्न वि. वि. को खाँचो महसुस गरेको यो पलमा उपर्युक्त विभिन्न प्रकारका समस्याहरू बाट टाढा रहेर उच्च कोटीको प्रदेश प्राविधिक वि. वि. स्थापना गरिनु आवश्यक छ । यसले अहिलेको युग सापेक्ष प्राविधिक र रोजगारमुलक शिक्षा प्रदान गर्नु पर्ने हुन्छ । आगामी आर्थिक वर्षमा वि. वि. स्थापना गरि संचालन गर्न दश करोड आफैमा सानो रकम भए पनि सो कार्य प्रशंसनिय छ।

हामि कहाँ प्राज्ञिक जनशक्ति व्यवस्थापन गतिलेसँग हुन नसकेको अवस्था छ । विश्व वरियताको पहिलो स्थानमा रहेको अक्सफोर्ड वि. वि. मा २४,५१५ विद्यार्थीहरू अध्ययनरत छन भने प्राज्ञिक जनशक्ति १४,४७८ जना अध्यापन र विभिन्न अनुसन्धानमा क्रियाशिल रहेका छन् । त्यसैगरि अमेरिकाको स्ट्यानफोर्ड वि. वि. विश्व वरियतामा चौथो स्थानमा रहेको छ जसमा जम्मा १६,२६० जना विद्यार्थीहरू अध्ययन र अनुसन्धानरत छन भने प्राज्ञिकजनशक्ति ४,४७८ रहेका छन् । यसरी हेर्दा विश्वविद्यालयमा लाखौँ विद्यार्थीहरू हुनु पर्छ भन्ने मान्यताले मेल नखाएको पाईन्छ । हामि विद्यार्थी जम्मा पार्न सक्नुलाई महान कार्य मान्दछौँ वास्तवमा विश्वका राम्रा र प्रतिष्ठित वि. वि. मा त्यस्तो छैन् ।

वि. वि. मा आउने विद्यार्थीको स्रोत माध्यमिक तह कक्षा ११-१२ संचालन भएका विद्यालय र विभिन्न प्राविधिक शैक्षिक संस्था हुन् । लुम्बिनी प्रदेशमा कक्षा ११-१२ संचालन गरेका विद्यालयहरू सामुदायिक ४९४ र संस्थागत १५० गरि जम्मा ६४४ छन् भने सो तहमा विद्यार्थी संख्या क्रमशः ६०,२८२ र १५,१३० गरि जम्मा ७५,४१२ रहेका छन् । त्यसैगरि करिब २५ हजारको हाराहारीमा प्रविधिक तर्फ अध्ययनरत विद्यार्थी छन् ।यस हिसाबले झण्डै एक लाखको हाराहारीमा यस प्रदेशमा विद्यार्थी रहेकोमा सो तह उत्तीर्ण गर्ने संख्या पचास हजार हुन पुग्छ । जुन वि. वि. को खोजिमा रहेका हुन्छन । बाँके जिल्ला साविकको मध्ये तथा सुदुर पश्चिमको व्यापारिक र शैक्षिक केन्द्रको रूपमा रहेकोले थप अरू विद्यार्थीको चाप रहेको देखिन्छ ।

प्राविधिक वि. वि. ले क्रमशः सीप विकास तथा सरसफाई, ईन्जिनियरिंग तथा सुचना प्रविधि, कृषि प्रविधि तथा जलस्रोत, विज्ञान तथा प्रविधि, चिकित्सा तथा स्वास्थ्य विज्ञान, वन तथा वातावरण विज्ञान, टुरिजम तथा हस्पिटालिटी जस्ता स्कुल या संकायहरूको स्थापना क्रमशः गर्दै लैजानु उपयुक्त देखिन्छ ।

प्रदेशको समानुपातिक विकाशको अवधारणा अनुसार बाह्रवटै जिल्लामा कम्तिमा एउटा प्रीविधिक आंगिक स्कुल या क्याम्पसको स्थापना गर्नु उचित हुन्छ । वि. वि. को मुख्य कार्यालय खजुरामा रहेपनि अन्य कार्यालयहरू जिल्लागत या क्षेत्रगत रूपमा स्थापना गर्न सकिन्छ ।

देश संघियतामा प्रवेश गरिसकेको अवस्थामा प्रदेशलाई मजवुत बनाउन वि. वि. ले प्रदेश संरक्षण ( province protection) को निति अंगिकार गर्न आवश्यक देखिन्छ । यसले प्रदेशलाई बलियो बनाउनुका साथै समानताको अवधारणालाई पनि टेवा पुर्याउँछ ।

रोजगारमूलक तथा जिवन उपयोगी शिक्षा नै आजको मुल आवश्यकता हो । त्यसका लागि सीप विकास तथा सरसफाई संकाय वा स्कुलले ठुलो प्रतिफल प्रदान गर्न सक्छ ।

हाम्रो जस्तो देशको आर्थिक उपार्जनको मुख्य स्रोत भनेकै कृषि हो । कृषिलाई व्यवसायिकिकरण गर्न आधुनिक प्रविधियुक्त कृषि शिक्षा प्रदान गर्नु आवश्यक छ । त्यसको लागि कृषि प्रविधि तथा जलस्रोत संकाय वा स्कुलले ठुलो भुमिका खेल्ने छ । यो संकायलाई नार्क खजुराको समेत सहयोग मिल्न सक्छ । यस संकाय वा स्कुल अन्तर्गत बालि विकास, मत्स्य प्रवर्धन, मासुको व्यवसायिक अध्ययन जस्ता अत्याधुनिक विषयहरू संचालन गर्न सकिन्छ । यी अत्याधुनिक विषयहरूको अध्ययनले कृषिमा छलांग मार्न निकै सहयोग गर्नेछन् ।

देशको विकाशमा ठुलो टेवा सुचना प्रविधिले दिने निश्चित छ । यो अवस्थामा त झन सुचना प्रविधिका विज्ञको आवश्यकता देशमा खट्किरहेको छ । त्यसैगरि विकासका लागि निर्माणको आवश्यकता पर्दछ । जसलाई ईन्जिनियरिंगले सहयोग गर्दछ । वि. वि. संचालनको पहिलो वर्ष नै यस संकाय वा स्कुल अन्तर्गत सुरूंग ईन्जिनियरिंग, रेलवे ईन्जिनियरिंग, सिभिल ईन्जिनियरिंग तथा सुचना प्रविधि ईन्जिनियरिंग लगायतका विषय अध्ययन अध्यापन गराउन सकिन्छ । ईन्जिनियरिंगका यी विषय अध्ययन गरेका जनशक्तिको माग ठुलो रहेकोले रोजगारीको अनसर समेत सजिलै प्राप्त गर्न सक्दछन् ।

हाम्रो जस्तो देशको आर्थिक उपार्जनको मुख्य स्रोत भनेकै कृषि हो । कृषिलाई व्यवसायिकिकरण गर्न आधुनिक प्रविधियुक्त कृषि शिक्षा प्रदान गर्नु आवश्यक छ । त्यसको लागि कृषि प्रविधि तथा जलस्रोत संकाय वा स्कुलले ठुलो भुमिका खेल्ने छ । यो संकायलाई नार्क खजुराको समेत सहयोग मिल्न सक्छ । यस संकाय वा स्कुल अन्तर्गत बालि विकास, मत्स्य प्रवर्धन, मासुको व्यवसायिक अध्ययन जस्ता अत्याधुनिक विषयहरू संचालन गर्न सकिन्छ । यी अत्याधुनिक विषयहरूको अध्ययनले कृषिमा छलांग मार्न निकै सहयोग गर्नेछन् ।

सबै खाले विज्ञानको जननी साधारण विज्ञान हो । त्यसकारण वि. वि. संचालनको पहिलो वर्षबाटै विज्ञान तथा प्रविधिमा स्नातक र स्नातकोत्तर तह संचालन गर्न सकिन्छ । यो स्कुल या संकाय अन्तर्गत biochemistry, biophysics, chemical genetics, industrial chemistry, phyto- chemistry जस्ता विषयहरू अध्ययन अध्यापन गर्न सकिन्छ ।

यसरी शुरूवातमा चार या पाँचवटा स्कुलहरू स्थापना गरि वि. वि. संचालन गरेर अन्य स्कुलहरू क्रमशः थप्दै जान सकिन्छ । वि. वि. आफैंमा जटिल संरचनागत संस्था हो र यो खर्चिलो पनि हुन्छ । नयाँ नयाँ ज्ञानको खोजि र प्राप्ति सहज विषय होईन् । शिक्षामा गरिएको लगानिको प्रतिफल वर्षौं पछि प्राप्त हुन्छ । वि.वि. संचालनमा प्राज्ञिक या आन्तरिक र वाह्य गरि मुख्यतः दुई प्रकारका चुनौतिहरू देखा पर्दछन् ।

प्राज्ञिक चुनौति भित्र पर्ने विभिन्न चुनौतिहरू यस्ता प्रकारका हुन सक्छन् । वि. वि. ऐन, मानव संसाधन व्यवस्थापन, एक्काईसौँ शताव्दि अनुकुल समय सापेक्ष पाठ्यक्रम, संकाय छनौट र स्तरिकरण, वि. वि. को प्रकृति र पाठ्य सामग्रीको छनौट लगातका चुनौति पार गर्न त्यति सहज पनि छैन् ।

त्यसै गरि वाह्य चुनौति अन्तर्गत विद्यार्थी संख्या, आर्थिक समस्या, संरचना निर्माण, उत्पादित जनशक्तिको गुणस्तर, सामाजिक चुनौति, राजनितिक चुनौति, जन विश्वास आर्जन, मनोवैज्ञानिक असर लगायतका विविध चुनौति पार गर्नु पर्ने हुन्छ ।

यसका लागि सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने गरि प्रदेश सरकार अन्तर्गत यो वि. वि. को स्थापना हुने हुदाँ अब छिट्टै वि. वि. ऐन प्रदेश संसदबाट पारित गर्नु पर्ने देखिन्छ । यो वि. वि. प्रदेशकै गौरबको आयोजना भएकोले यस प्रदेशका सम्पूर्ण सांसदहरू जागरूक हुनु आवश्यक देखिन्छ । यो बाँकेमा स्थापना हुने हुँदा बाँके र वर्दियाको शानको रूपमा स्थापित गराउन त्यस जिल्लाका सांसदको भुमिका झन ठुलो रहेको छ । हाल संरचनाको रूपमा खजुरामा रहेको कपास विकास समितिका खालि भवनहरू प्रयोग गर्न सकिने देखिन्छ । सबैको मनले पवित्र सोच्ने हो भने यो वि। वि। यसै वर्षबाट संचालन गर्न सकिन्छ ।

नेपालगन्ज, बाँके

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : ५६ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड