५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

२७५ ग्राम ब्राउनसुगर सहित खजुराका खाँ पक्राउ



नेपालगन्ज । बाँकेको खजुराबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ । खजुरा ६ स्थित प्रतिक्षालय क्षेबबाट प्रहरीले २७५ ग्राम ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धनौली र लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलिले खजुराबाट लागुऔषधको कारोबारेलाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जीसीले जानकारी दिए ।

पक्राउ पर्नेमा बाँके खजुरा गाँउपालिका ५ का २६ वर्षिय अजिजुल रहमान खाँ रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका खाँबाट ७ थान मोबाईल, भारतीय नम्बर प्लेटको थार गाडी र ७० हजार ९ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका खाँले लामो समयदेखि खजुराको प्रतिक्षालय र गोदहाना क्षेत्रमा बसेर नेपालगन्जका लागु औषधसेवन कर्ताहरुलाई लागु औषध सप्लाई गर्ने गरेको स्थानीयले बताउँदै आएका थिए । गोप्य सूचनाका आधारमा कारोबार स्थलमै पुगेर प्रहरीले खाँलाई ठुलो परिमाणको लागुऔषध सहित पक्राउ गरेको एसपी जीसीले बताए ।

पक्राउ परेका खाँलाई अदालतबाट म्याद मागेर अनुसनधान सुरु गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  २ : ३१ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११