१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

तिलोत्तमामा आजबाट स्केट पार्क सञ्चालनमा, प्रदेश प्रमुख शेरचनले गरे उदघाटन



बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको ‘स्केट पार्क तथा सामुदायिक केन्द्र’ शनिबारदेखि औपचारीक रुपमा सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच स्केट पार्क तथा सामुदायिक केन्द्रको लुम्बिनी प्रदेशका प्रदेश प्रमुुख अमिक शेरचनले उदघाटन गरे ।

पार्कको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले खेल क्षेत्रमार्फत सबैलाई एकताबद्ध बनाउन गराउन सकिने बताए । उनले खेल क्षेत्रबाट सबैलाई एकताबद्ध बनाउन तीन तहकै सरकार जिम्मेवार बन्नुपर्ने बताउँदै स्केट पार्क निर्माण हुनुु नेपाली र लुम्बिनीबासीका लागि गर्वको बिषय बनेको बताए । उनले स्केट खेल क्षेत्रमा पार्कले महत्वपूर्ण योगदान गर्ने बताउँदै भौतिक रुपमा पूर्वाधार विकासमा सबैले ध्यान दिनुपर्ने बताए ।

तिलोत्तमा नगरपालिका वडा न. ४ डिङगरनगर स्थित तिनाउ नदीको छेउमा निर्मित स्केट पार्क तथा सामुदायिक केन्द्रको शिलालेखको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुुदेव घिमिरे र स्टेक एड इन्टरनेशनलका संस्थापक अध्यक्ष प्रोफेसर टिटस् डिटम्यानले अनावरण गरेका छन । स्केट पार्क उद्घाटन भएसँगै नियमित खेल र अभ्यासका लागि खुल्ला हुनेछ । तिलोत्तमा नगरपालिकासँग अनुमती लिएर करिव १० कठ्ठा क्षेत्रफलमा इन्डोर स्केट पार्क बनाउने उदेश्यले स्केट एड नेपालले पार्क निर्माण गरेको हो । पहिलो चरणमा स्केट पार्क तयार पारिएको हो । गुरुयोजना अनुसार तेस्रो चरणसम्मको योजना सम्पन्न हुँदा स्केट पार्क दक्षिण एसियाकै नमूूना हुनेछ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूूर्वमन्त्री एंव प्रदेशसभा सदस्य लिला गिरीले तिलोत्तमा नयाँ खेलको विकासका लागि स्टेक पार्क बनेकोले यसको थप भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने बताए । उनले आफ्नै निर्वाचन क्षेत्रमा भएको स्केट पार्कले नयाँ पुुस्तालाई आर्कषित गर्न प्रोत्साहन गर्ने विश्वास लिए ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले नगरमा स्केट पार्क निमार्णबाट नयाँ आयाम थपिने बताए । उक्त अवसरमा स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिटस डिटम्यानले स्केट पार्कले नेपाली युवाहरुलाई आर्कषित गर्न सफल हुने बताए । उनले स्केट बोर्ड आफैमा साहसी खेल भएकाले यसबाट बालबालिकाहरुले लाभ लिने विश्वास गरे ।

स्केट पार्कमा पहिलो चरणको काम सकिएको छ । प्रशिक्षण र खेल प्रतियोगिताहरु समेत गर्न सकिने गरि पुर्वाधार विकास भएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिव ६० जना व्यक्तिहरुले स्वयसेविक रुपमा निर्माण सम्पन्न भएको हो । स्केट एड इन्टरनेशनल, स्केट एड नेपाल र युवा फर चेञ्जले संयुुक्त रुपमा पार्क निर्माणमा जुटेका हुन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ५९ बजे

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध