३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन सम्पन्न हुनुपर्ने बताएका छन् । उनले निर्वाचन स्थगित गर्ने प्रयास भइरहे पनि एमाले कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा केन्द्रित भइसकेको स्पष्ट पारे ।

अध्यक्ष ओलीले भने, “हामी अब चुनाव होस् भन्ने पक्षमै छौं। चुनाव स्थगित हुन पनि सक्छ, अहिले पनि विभिन्न प्रयास भइरहेका छन् । तर जे भए पनि हामी अलमल नगरी चुनावको तयारीमा लाग्छौं, विजयको तयारीमा लाग्छौं । हामीले जित्नै पर्छ ।”

उनले विगत छ महिनादेखि आफूहरूले विभिन्न तहमा पहल गर्दा कुनै चासो नदेखाइएको तर अन्तिम समयमा आएर निर्वाचन हुँदैन भन्नु गलत भएको टिप्पणी गरे । “छ महिनासम्म हामीले कोशिस गर्‍यौं, कसैले ध्यान दिएन । अहिले समय नजिकिँदा चुनाव हुँदैन भन्नु उपयुक्त होइन । देशको अर्बौं खर्च भइसकेको छ, उम्मेदवारहरूको खर्च भइसकेको छ,” उनले भने ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै आधारहीन र ‘जोडजामवाला’ राजनीति गर्ने दलले अनावश्यक गतिविधि गरिरहेको आरोप लगाए । उनले भने, “सानो भाँडोमा दुध उमालेर तलबाट चर्को आगो बाल्दा जस्तै उम्लिएको एउटा पार्टी छ । जित्दैनौं भन्ने देखिएपछि अर्काका झण्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्न खोज्ने, अपमान र बेइज्जत गर्ने काम सुरु गरेको छ ।”

ओलीले निर्वाचनमा पराजयको संकेत पाएपछि केही तत्त्व समाजमा अस्थिरता सिर्जना गर्न सक्रिय भएको दाबी गर्दै पछिल्लो समय रौतहटमा देखिएको घटनाक्रम पनि त्यही प्रवृत्तिको परिणाम भएको टिप्पणी गरे ।

एमाले सधैं जनताको बीचमा रहेर राजनीति गर्दै आएको पार्टी भएकाले जनतामाझ जान कुनै समस्या नभएको उनको भनाइ छ । तर जनताबाट अस्वीकृत हुने देखिएपछि केही समूहले साम्प्रदायिकता फैलाउने, अराजकता निम्त्याउने र निर्वाचनको वातावरण धमिल्याउने प्रयास गरिरहेको उनले आरोप लगाए ।

अध्यक्ष ओलीले शान्तिपूर्ण वातावरणमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक शक्तिहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  २ : ३४ बजे

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट

चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा मात्रै ११० वृद्धि

काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट