१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

अभिनेता पललाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



बुटवल । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले यसअघि दिइएको ७ दिनको समय अपुग भएको भन्दै म्याद थपका लागि शाहलाई अदालतमा उपस्थित गराएकोमा अदालतले थप १२ दिन समय दिएको हो ।

१७ वर्षीया किशोरीले आफू पटक-पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि शाह आफै फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए ।

प्रहरीले जबर्जस्ती नाबालिगमाथि करणी गरेको अभियोगमा शाहविरुद्ध मुद्दा चलाई अनुसन्धान गरिरहेको छ । शाह विरुद्ध तीनै किशोरीले बलात्कारसम्बन्धी अर्को जाहेरी पनि दिएकी छिन् । उनले इलाका प्रहरी कार्यालय नवलपुरमा शाहविरुद्ध फागुन १५ मै अर्को जाहेरी दिएकी छिन् ।

नवलपुरमा दिइएको उजुरीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिसोर्टमा पल शाहले बलात्कार गरेको उल्लेख छ ।

यसअघि, यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीमा पलले आफूलाई विवाहको प्रलोभनमा पारेर लामो समयदेखि पटक-पटक करणी गर्दै आएको हुनाले कानूनी कारबाहीको माग गर्दे जाहेरी दिएकी थिइन् । गायिका अहिले १७ वर्ष मात्रै पुगेकी उनको परिवारले बताएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : ३८ बजे

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका