१६ बैशाख २०८१, आइतबार | April 28, 2024

उच्च अदालतबाट पल शाहलाई सफाई, जेल मुक्त हुने



काठमाडौँ । नाबालिकामाथि बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबारको सुनुवाई पछि सफाइ दिएको हो ।

अभियोग दाबी नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएको थियो। उक्त इजलासले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

उक्त फैसलाका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।

शाह अब जेलमुक्त हुने पलका वकिल अधिवक्ता कमल मोहन वाग्लेले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ६ : ३५ बजे

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई