५ पुस २०८२, शनिबार | December 20, 2025

एमसीसीलाई लिएर धेरैले भ्रम छरे, यो नेपालकै हितमा छ : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेकाले कांग्रेसले यसअघि प्रतिपक्षमा रहँदासमेत अमेरिकी सहयोग परियोजना मिलेनेयिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को वकालत गरेको बताएका छन् ।

काठमाडौं क्षेत्र १ अन्तर्गत महानगरपालिका-३१ को शंखमूलमा आज बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने ।

उनले एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेकोप्रति आपत्ति जनाए । ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरूले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ । यसलाई हामीले छाडेका छैनौँ । नेपाल अमेरिकी एक्सिसमा गयो । असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन ।’

नेता सिंहले अब पार्टीका सबै नेता कार्यकर्ताले नागरिकको घरघरमा पुगेर वास्तविकता बुझाउँदै कांग्रेसलाई मत दिएर जिताउन लाग्न निर्देशन दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको