१२ असार २०८३, शुक्रबार | June 26, 2026

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)



खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार दिपक जिएमले आफ्नो संकल्प-पत्र सार्वजनिक गरेका छन् । आज खजुरामा आयोजित एक कार्यक्रमका बीच जिएमले आफू निर्वाचित भएपछि गर्ने कामहरुको प्रतिबद्धता सहितको संकल्प-पत्र सार्वजनिक गरेका हुन् ।

सो अवसरमा बोल्दै उम्मेदवार जिएमले आफूले देखेका भोगेका समस्याहरुलाई नै संकल्पपत्रमा लिपीबद्ध गरेको जानकारी दिए । आफुले प्रत्यक्ष भोगेको र पूरा गर्न सकिने समस्याहरुमात्र संकल्पपत्रमा समावेश गरेको उल्लेख गर्दै उनले संकल्पपत्रमा समावेश गरिएका सबै योजनाहरु पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले पूर्वाधार विकास अन्तर्गत सडक तथा पुल, सिंचाई, खानेपानी, विद्युतीकरण, सूचना तथा सञ्चार, पर्यटकीय स्थल र बस्ती ब्यवस्थापन, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, आर्थिक विकासतर्फ कृषि तथा पशुपालन, संस्थागत विकास तथा सुशासन र वन वातावरण तथा विपद् व्यवस्थापनका मुद्दालाई समेटेका छन् । जनयुद्धका शहीद, बेपत्ता तथा घाइते अपाङ्ग परिवारलाई आवश्यक राहत उपलब्ध गराउने पनि जिएमको संकल्पपत्रमा उल्लेख छ ।

निर्वाचन परिचालन कमिटीका संयोजक राज कुमार विकले जनताबाट उठेका सवाल र समस्याहरुलाई संकल्पपत्रमा समावेश गर्दै जाने र पार्टीको उम्मेदवारले जितेको अवस्थामा योजनाबद्ध तरीकाले कार्यान्वयन गरिने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य आईपी खरेल, भद्रप्रसाद देवकोटा, अब्दुलहुसेन खान, डम्बर विक लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ९ : ३५ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको