२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

बुटवल भैरहवाको बीचमा ‘तिलोत्तमा होम्स’ परियोजना, अवलोकन तथा बुकिङका लागि खुल्ला



बुटवल । अष्टदीप मल्टीनेशनल प्रालिद्वारा गत वर्षदेखि सुरु भएको परियोजना ‘तिलोत्तमा होम्सको आवास क्षेत्र अवलोकन तथा बुकिङका लागि खुल्ला गरिएको छ । तिलोत्तमा-७ भलवारीमा निर्माण भइरहेको तिलोत्तमा होम्स सिद्धार्थ राजमार्गदेखि पूर्व ६ विघा क्षेत्रफलमा निर्माण भइरहेको छ ।

व्यवस्थित शहरीकरको उद्देश्यसहित १०९ वटा घर बन्ने परियोजना अन्तर्गत ५५ घर बन्दै छन् । जस अन्तर्गत २० वटाको ढलानको काम सकिएको र ३५ वटाको जगको काम सकिएको कम्पनीका मार्केटिङ हेड सुदिप ढकालले बताए । निर्माणाधिन आवास क्षेत्रमा कम्पाउण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्नेगरी अत्याधुनिक कमर्सियल कम्प्लेस, सामुदायिक भवन, व्याडमिन्टन कवर्ड हल, बास्केटबल कोर्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थक्लब, रेष्टुरेण्ट, सैलून, ब्यूटीपार्लर, ग्रीन जोन रहने ढकालले बताए । यस्तै परियोजना स्थलभित्र मूल बाटो २६ फुट र सहायक बाटो २४ फुटका रहनेछन् । परियोजनाको निर्माण कार्य सर्वश्रेष्ठ विल्डर्सल गरिरहेको कम्पनीले जनाएको छ ।

परियोजना अन्तर्गत बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्री सरकारले तोकेको मापदण्डअनुसारका हुने र निर्माण कार्य पूर्णतः इञ्जिनियरको सुपरीवेक्षणमा भइरहेको कम्पनीका प्रमुख कार्यकारी निर्देशक प्रकाश भण्डारीले बताए। परियोजना निर्माण स्थलको माटो परीक्षण गरी त्यसको आधारमा नक्सा डिजाइन गरिएको र घरहरु भूकम्प प्रतिरोधात्मक हुने जानकारी दिए । परियोजना स्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत् जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैले गर्ने कम्पनीका प्रोेजेक्ट म्यानेजर यदुराज बरालले जानकारी दिए । परियोजना अन्तर्गत बन्ने घरहरुको निर्माण कार्य सकिएर सम्पूर्ण घर बिक्री भएपछि त्यहाँ रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन तथा व्यवस्थापनको जिम्मा त्यहाँ रहने सोसाइटी आफैले गर्ने उनले बताए ।

सरकारले निर्धारण गरेका मापदण्डलाई पालना गरी सम्पूर्ण सुविधा एकै ठाउँमा प्राप्त हुनेगरी सुरक्षित र स्मार्ट आवास क्षेत्र निर्माण गर्ने सरकार नीतिअनुरूप निजी क्षेत्रबाट यो परियोजना कार्यान्वयन गर्न थालिएको आवास क्षेत्रमा २ समूहमा घर विभाजन गरिएको प्रोजेक्ट इन्जिनीयर बासुदेब नेपालले जानकारी दिए । समूह ‘ए’ का घरको सूचीकृत मूल्य २ करोड ५० लाख र समूह बी’ का घरको सूचीकृत मूल्य १ करोड ७५ लाख निर्धारण गरिएको उनले बताए ।

विशेष गरी मध्यम वर्गको आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको परियोजनामा जग्गा र घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १५ धुर गामा २९ सय स्क्वायर फिटको घर निर्माण गरिने छ । दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने कम्पनी प्रचेज डिपार्टमेन्ट पमुख षडानन्द पोखरेलले बताए । एन्ट्रास्पेश टेक्निकल कन्सल्टद्वारा डिपिआर तयार पारी काम भइरहेको एकीकृत बस्तीमा घर लिन चाहानेहरुलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउने उनले बताए । विशेष गरी सरकारी कर्मचारी, बैंकका कर्मचारी तथा विदेशमा रहेका नागरिकहरुलाई लक्षित गरी एकै आर्थिक अवस्था भएका व्यक्तिहरु जसले आधुनिक बस्ती र सुरक्षित बस्तीको चाहना राख्नेहरुको परियोजनाका आवासप्रति आकर्षण रहेको कम्पनीको दाबी छ । हालसम्म ४१ वटा घर बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ४ : ४५ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद