२३ भदौ २०८३, मंगलबार | September 8, 2026

तिलोत्तमा होम्सको बुकिङ भएका आवासहरु पहिलो चरणमा हस्तान्तरण गरिँदै



बुटवल । अष्टदीप मल्टीनेशनल प्रालिले काठमाडौं उपत्यका बाहिरको पहिलो सुबिधासम्पन्न आवास क्षेत्रमा बनेका आवासहरु पहिलो चरणमा हस्तान्तरणको तयारी गरिएको छ । तिलोत्तमा होम्सको नामबाट २ वर्ष अघि शुरु गरिउको आवास क्षेत्रमा पहिलो चरणमा १६ जनालाई आवास हस्तान्तरणको तयारी गरिएको तालोत्तमा होम्सले जनाएको छ ।

आवास क्षेत्रमा आज पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्ष बुकिङ भएका मध्य १६ जनालाई बैशाख महिना समममा हस्तान्तरणको तयारी गरिउको र ४४ वटा आवास बैशाख भित्रमा तयार हुने होम्सले जानकारी दिएको छ । तिलोत्तमा(७ भलवारीमा निर्माण भइरहेको तिलोत्तमा होम्स सिद्धार्थ राजमार्गदेखि पूर्व ६ विघा क्षेत्रफलमा निर्माण भइरहेको छ ।

व्यवस्थित शहरीकरको उद्देश्यसहित १०९ वटा घर बन्ने परियोजना अन्तर्गत ५५ घर बन्दै गरेकोमा ४४ घर तयार हुने चरणमा पुगेका छन् । निर्माणाधिन आवास क्षेत्रमा कम्पाउण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्नेगरी अत्याधुनिक कमर्सियल कम्प्लेस, सामुदायिक भवन, व्याडमिन्टन कवर्ड हल, बास्केटबल कोर्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थक्लब, रेष्टुरेण्ट, सैलून, ब्यूटीपार्लर, ग्रीन जोन रहने कम्पनीका मार्केटिङ हेड सुदिप ढकालले बताए । ढकालका अनुसार परियोजना स्थलभित्र मूल बाटो २६ फुट र सहायक बाटो २४ फुटका रहनेछन् । परियोजनाको निर्माण कार्य सर्वश्रेष्ठ विल्डर्सल गरिरहेको कम्पनीले जनाएको छ ।

परियोजना अन्तर्गत बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्री सरकारले तोकेको मापदण्डअनुसारका हुने र निर्माण कार्य पूर्णतः इञ्जिनियरको सुपरीवेक्षणमा भइरहेको कम्पनीका प्रोजेक्ट इन्जिनीयर बासुदेब नेपालले जानकारी दिए ।

नेपालका अनुसार परियोजना स्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत् जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैले गर्ने छ भने परियोजना अन्तर्गत बन्ने घरहरुको निर्माण कार्य सकिएर सम्पूर्ण घर बिक्री भएपछि त्यहाँ रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन तथा व्यवस्थापनको जिम्मा त्यहाँ रहने सोसाइटी आफैले गर्ने छन् ।

सरकारले निर्धारण गरेका मापदण्डलाई पालना गरी सम्पूर्ण सुविधा एकै ठाउँमा प्राप्त हुनेगरी सुरक्षित र स्मार्ट आवास क्षेत्र निर्माण गर्ने सरकार नीतिअनुरूप निजी क्षेत्रबाट यो परियोजना कार्यान्वयन गर्न थालिएको आवास क्षेत्रमा २ समूहमा घर विभाजन गरिएको छ । समूह ‘ए’ का घरको सूचीकृत मूल्य २ करोड ५० लाख र समूह बी’ का घरको सूचीकृत मूल्य १ करोड ७५ लाख निर्धारण गरिएको छ ।

विशेष गरी मध्यम वर्गको आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको परियोजनामा जग्गा र घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १५ धुर जग्गामा २९ सय स्क्वायर फिटको घर निर्माण गरिएको छ भने दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिएको छ।

एकीकृत बस्तीमा घर लिन चाहानेहरुलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराइने व्यवस्था भएको कम्पनीका अध्यक्ष नेत्र वनले बताए । विशेष गरी सरकारी कर्मचारी, बैंकका कर्मचारी तथा विदेशमा रहेका नागरिकहरुलाई लक्षित गरी एकै आर्थिक अवस्था भएका व्यक्तिहरु जसले आधुनिक बस्ती र सुरक्षित बस्तीको चाहना राख्नेहरुको परियोजनाका आवासप्रति आकर्षण रहेको अध्यक्ष वनको दाबी छ ।

कम्पनीले सो अवास क्षेत्रका लागि २ अर्व लगानी गरेको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  २ : २२ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा