४ पुस २०८२, शुक्रबार | December 20, 2025

कालोपत्रे भएको तीन वर्ष नपुग्दै सहिद मार्गको कालोपत्रे उप्कियो



दाङ । कालोपत्रे भएको तीन वर्ष नपुग्दै सहिद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको सडक बिग्रिएर अस्तव्यस्त भएको छ । कालोपत्र गरिएको सडकमै ठूलाठूला खाडल बनेका छन् । प्रायजसो ठाउँमा कालोपत्र नै देखिँदैन, जस्ले गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

ओभरलोड भार बोकेका टिपरकै कारण सडक छियाछिया भएको स्थानीयहरुको गुनासो छ । दाङबाट रोल्पा महत हुँदै कर्णाली प्रदेशको डोल्पा पुग्ने सहिद मार्ग जनयुद्धको समयमा माओवादीले श्रम शिविरमार्फत निर्माण सुरु गरेको सडक हो ।

माओवादी सरकारमा गएसँगै सडक विस्तार र कालोपत्रको योजना अगाडि बढेको थियो । २०७५ सालमा कालोपत्र सकिएको एक वर्ष नपुग्दै यो सडकको घोराही होलेरी खण्डमा कालोपत्र उप्किएर खाडल बन्न थालेको थियो ।

एक्जीम बैंक अफ इन्डियाको सहयोगमा ४० करोड रुपैयाँको लागतमा ३१ किलोमिटर सडक कालोपत्र गरिएको थियो । सडकको भारवहन क्षमताभन्दा धेरै क्षमताका गाडी चल्नु र निर्माण व्यवसायीले कमसल खालको निर्माण सामग्री प्रयोग गर्दा कालो पत्रे एक वर्ष नपुग्दै उप्किन थालेको स्थानीयको गुनासो छ ।

यो सडकमा दैनिक रुपमा दाङमा रहेका दुई वटा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने दुई सयभन्दा बढी टिपर गुड्ने गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको