४ पुस २०८२, शुक्रबार | December 19, 2025

साउदी अरेबियामा एकै दिन ८१ जनालाई मृत्युदण्ड



एजेन्सी । साउदी अरेबियाले शनिबार भनेको छ कि उसले विभिन्न आतंकवादसम्बन्धी अपराधहरूमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएको छ । मृत्युदण्ड दिइएको यो संख्या सन् २०२१ दिइएको कुल संख्याभन्दा बढी हो ।

देशको आधिकारिक साउदी प्रेस एजेन्सीका अनुसार मृत्युदण्ड पाउने सबै जना अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट, अल-कायदा, हुथी र अन्य अतिवादी संगठनमा आबद्ध रहेका थिए । उनीहरुले महत्वपूर्ण स्थानमा आक्रमणको षडयन्त्र गरेको र देशमा हतियार ओसारपसार गरेको सरकारले दाबी गरेको छ ।

यसैबीच, मुक्त ब्लगर र मानवअधिकार कार्यकर्ता राइफ बदावीलाई १० वर्षको यात्रा प्रतिबन्ध लगाइएको छ । ब्लगर वदाबी विश्वभर स्वतन्त्रता र अभिव्यक्तिको प्रतीक बनेका छन् ।

इस्लाम धर्म अपमान गरेको अभियोगमा ३८ वर्षीय बदाबीलाई सन् २०१२ मा पक्राउपछि जेल चलान गरिएको थियो ।

गृहमन्त्रालयका एक अधिकारीको भनाई उदृत गर्दै एएफपीले लेखेको छ, ‘ राइफलाई १० वर्षको जेल सजाय सुनाइएको थियो र त्यसपछि सोही अवधिको लागि यात्रा प्रतिबन्ध लगाइएको थियो । अदालतको फैसला अन्तिम हुन्छ ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : ३५ बजे

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि