१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

रुसबाट हिँडेका ११ नेपाली लिथआनिया र बेलारुसको जंगलमा अलपत्र



लण्डन । युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपाली नेपाली दुतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्का अनुसार उनीहरुलाई जर्मनीको अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो ।

युद्धमा अलपत्र परेका नेपालीलाई जर्मनीस्थित नेपाली दुतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीले यात्रा अनुमति पत्र लिएका छन् । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनको लुगानबाट आएका ६ जना विधार्थीलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराइएको जानकारी दिए ।

उनले ३५ वर्षदेखि युक्रेनमा बासोबास गर्दै आउनु भएका एकजना नेपाली परिवारले समेत युक्रेन छोडेर हिड्नु भएको जानकारी दिए ।

रुस-युक्रेन द्वन्द्व पीडित नेपाली हाल दुतावासको सम्पर्कमा आउन छाडेका छन् । रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकमा खड्काले केही बिचौलीया युरोपका विभिन्न देशमा रहेका नेपालीलाई भित्र्याउन रसिया-बेलारुस युक्रेन हुँदै युरोप ल्याउन सकृय हुन् सक्ने भन्दै सचेत रहन आग्रह गरे ।

खड्काले युद्धमा विस्थापित भएका नेपालीमध्ये चार जनालाई भारतीय सरकारको सहयोगमा उद्धार गरी नेपाल पठाएको जानकारी दिए । भारतले २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई पोल्याण्डबाट गरी चार जनालाई उद्धार गरेकाे हाे । नेपाल फर्किएका १० जनामध्ये बाँकी ६ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन् ।

एनआरएनए पोल्याण्डाका महासचिव पवन खड्काले संघले अलपत्र परेका नेपालीहरुलाई खाना बस्नको व्यवस्था गरेको बताए ।

एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले युद्ध प्रभावित देशमा १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको जानकारी दिए । उनले पीडितको आग्रह अनुसार अधिकांश नेपालीलाई पोर्चुगल पठाएको जानकारी दिए ।

एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले युक्रेनबाट आएका नेपालीहरुको खाना बस्नको लागि आवश्यक सहयोग जुटाउन संघ सकृय रहेको बताए । युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन् । पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् ।

लिथआनिया र बेलारुसको जंगलमा ११ नेपाली अलपत्र

रुसबाट हिँडेका ११ जना नेपाली लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिवार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरको हुन् । उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वास्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए । जर्मनीको लागि नेपाली राजदुत रामबाबु खड्काले ती नेपालीहरु युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामा मार्फत युरोप छिर्न हिडेको हुने सक्ने आशंका गरे ।

खड्काले उनीहरुको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरुले रुसमा विगत केही बर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : २८ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट