५ पुस २०८२, शनिबार | December 20, 2025

प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत, सर्वसम्मत नेतृत्व चयन



काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्ष पदमा पुनः गणेश बस्नेत चयन भएका छन् । प्रेस चौतारी नेपालको नवौ महाधिवेशनले पुनः बस्नेतलाई सर्बसम्मत अध्यक्ष चयन गर्दै नयाँ नेतृत्व पनि सर्वसम्मत निर्वाचित गरेको छ ।

त्यसैगरी सर्वसम्मत चयन भएका पदाधिकारीहरुमा उपाध्यक्षहरुमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई, देबिका घर्ती मगर चयन भएका छन भने महासचिवमा हिरामान लामा चयन भएका छन् । त्यस्तै उपमहासचिवमा राजु सुवेदी र सुरोजंग पाण्डे चयन भएका छन् ।

सचिबहरुमा बिस्णु तारुके (बागमती), हरि बल्लब नेपाल (प्रतिस्ठान), बिक्रम लुइँटेल (प्रदेश नं १), लोकसरी कुंवर (सुदूरपश्चिम), बिष्णु शर्मा (कर्णाली), सुश्मा पौडेल (गण्डकी), कमल उपाध्याय (मधेस प्रदेश), प्रदिप आचार्य (लुम्बिनी प्रदेश) चयन भएका छन । चौतारीको कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।

महाधिवेशनमा सहभागि केही पत्रकार नेताहरुले भने उम्मेदवारी समेत दर्ता गर्न नदिइ एकतर्फि नेतृत्वको घोषणा गरिएको गुनासो समेत गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : ४१ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र