१ पुस २०८२, मंगलबार | December 17, 2025

सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘इन्टरनेशनल बाउन्ड्रीज अफ नेपाल’ आठ भाषामा



काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेशनल बाउन्ड्रीज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ ।

सन् २०१९ मा युरोपेली राष्ट्र लातभियाको ल्याम्बर्ट एकेडेमिक पब्लिसिङले अंग्रेजी भाषामा प्रकाशित गरेको उक्त पुस्तक अहिले फ्रेन्च, रुसी, जर्मन, डच, इटालियन, स्पानिस, पोर्चुगिज र पोलिस गरी थप आठ भषामा अनुवाद गरी प्रकाशन गरेको हो ।

शैक्षिक संस्था ल्याम्बर्ट एकेडेमिकले हालै प्रकाशन गरेको ती पुस्तकको प्राक्कथन इन्टरनेशनल बाउन्ड्री रिसर्च युनिटका पूर्वनिर्देशक तथा डरहम विश्वविद्यालय बेलायतका प्राध्यापक मार्टिन प्राटले लेखेका छन् ।

पुस्तकमा अन्तर्राष्ट्रिय सीमा सिद्धान्त, सीमा निर्धारणका चरण, सीमा विवाद हुने कारण, विश्वका सीमा विवादित मुलुकहरु, यसको समाधानका उपाय, सीमालाई लिएर लडाइँ भएका देशहरु, विश्वका प्रख्यात सीमारेखाहरु, सीमा कूटनीति, आकाश र पातालमा पनि सीमा पुगेको हुन्छ जस्ता सैद्धान्तिक विषयवस्तु समेटिएको छ ।

यसैगरी नेपालको भारत र चीनसँग सीमांकन गर्दाको सिद्धान्तको विवेचना पनि पुस्तकमा गरिएको लेखक श्रेष्ठले जनाएका छन् ।

अनलाइन पढ्न पाइने यस पुस्तक नेपालको सीमा मामिला जान्न चाहनेहरुको लागि उपयोगी हुनेछ ।

नेपालको लिपुलेक–कालापानी–लिम्पियाधुरा भारतद्वारा अतिक्रमण, लिपुलेक सीमाघाँटीको कानुनसंगत अधिकार, कालापानी मामिला अन्तर्राष्ट्रियकरण, नेपाल र भारतबीच चुच्चे नक्साको लडाइँ र सीमा समस्या सौहार्दपूर्ण तरिकाले आपसी वार्ताद्वारा समाधान हुनसक्ने उपायहरु पनि लेखकले पुस्तकमा सुझाएका छन् ।

पुस्तकमा नेपालको सगरमाथामाथि चीनले दाबी गर्दा भएको समझदारी, यसको उचाइ विवाद हल भएपछि संयुक्त घोषणाका विवरण, नेपाल र चीनबीच सीमाचिन्ह नं। ५७ मा विवाद रहेको, चीनको बिआरआइ, नेपालको कोरिडोरजस्ता व्यावहारिक विषयवस्तु उल्लेख गरिएको छ ।

नेपालको छिमेकी मुलुकसँग भएका १८ सीमा सन्धि सम्झौता अनुसूचीमा सम्लग्न गरिएका छन् ।

सीमासँग सम्बन्धित बेलायतको इन्टरनेशनल बाउन्ड्री रिसर्च युनिट, अमेरिकाको एशोसियसन फर बोर्डरल्यान्ड स्टडिज, एसिया र अफ्रिकाको बोर्डरल्यान्ड रिसर्च नेटवर्कहरु र डेनमार्कमा मुख्यालय भएको इन्टरनेशलन फेडरेशन अफ सर्भेयर्सजस्ता विश्व संस्थाहरुको सीमासम्बन्धी क्रियाकलाप पनि पुस्कमा वर्णन गरिएको छ ।

इन्टरनेशलन बोर्डर डिप्लोमेसी, अमेरिका–नर्थ कोरिया टु–मिनेट डिप्लोमेसी, ट्रम्पले विश्व मानचित्रमा नेपालको सीमालाई बेवास्ता गरेको, अशान्त भारत–पाकिस्तान सीमा, भारत–बंगलादेश सीमा सम्झौताको सन्देशजस्ता विश्व परिवेशलाई पुस्तकमा समेटिएको छ ।

पुस्तक सीमा अध्येतालाइ उपयोगी हुने र विभिन्न देशका विद्यालय, महाविद्यालयमा सिमाना सम्बन्धी आधारभूत कोर्श बुकका रुपमा राख्नका निम्ति उपयोगी हुने दाबी लेखक श्रेष्ठको छ ।

यसै पुस्तकलाई नयाँ दिल्लीको निराला पब्लिकेसन्सले दक्षिण एसियाली संस्करणका रुपमा प्रकाशनमा ल्याएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १२ : ०३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष