८ पुस २०८२, मंगलबार | December 23, 2025

इन्जिनियर एसोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह अगाडि, पाँच प्रदेशको परिणाम आयो



काठमाडौं । नेपाल इन्जिनियर एसोसिएसन (नेइए) को निर्वाचनअन्तर्गत अहिले मतगणना भइरहेको छ । ललितपुरको पुल्चोकस्थित एक भवनमा मतगणना भइरहेको छ ।

आइतबार बिहानैदेखि सुरु भएको मतगणना बेलुकासम्म सकिने भएको छ । एसोसिएसनको नयाँ कार्यसमितिका लागि शुक्रबार मतदान भएको थियो ।

नेपाल इन्जिनियर एसोसिएसनको अध्यक्ष पदका लागि पाँचजनाबीच प्रतिस्पर्धा भएको छ । लोकतान्त्रिक समूहबाट डा। हरिबहादुर दर्लामी, प्रगतिशील समूहबाट डा।सुरज लामिछाने, एकीकृत समाजवादी वाम गठबन्धनबाट डा। हरेराम पराजुली र नेपाल इन्जिनियर्स समाजबाट राजेन्द्रप्रसाद हाडा अध्यक्षका लागि चुनावी मैदानमा छन् । दिलीपकुमार झा अध्यक्षका स्वतन्त्र उम्मेदवार छन् ।

नेपाल इन्जिनियर एसोसिएसनमा कुल साढे २१ हजार मतदाता रहेकोमा करिब साढे १० हजार मात्रै मत खसेको लोकतान्त्रिक समूहबाट उपाध्यक्षका उम्मेदवार डा। नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब २५ प्रतिशत मत गन्दा लोकतान्त्रिक समूह अगाडि छ ।

हालसम्म नतिजा आएका सबै प्रदेशतर्फको नेतृत्वमा लोकतान्त्रिक समूह विजयी भएको छ । सात प्रदेशमध्ये पाँचवटाको नतिजा आएको छ । दुईवटा प्रदेशको मतगणना जारी रहेको लोकतान्त्रिक समूहको तर्फबाट उपमहासचिवका उम्मेदवार सरोज धितालले न्युज कारखानालाई जानकारी दिए ।्

‘नेपाल इन्जिनियर एसोसिएसनको प्रदेश १ को अध्यक्षमा जयनाथ यादव, गण्डकी प्रदेशको अध्यक्षमा विजेन्द्र केसी, लुम्बिनी प्रदेशको अध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णाली प्रदेशको अध्यक्षमा हरि केसी र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पदमराज पन्त निर्वाचित भएका छन् । विजयी सबै लोकतान्त्रिक समुहका हुन्,’ उनले भने ।

मतगणना जारी रहेका अन्य दुई प्रदेशमा पनि लोकतान्त्रिक समूह नै अगाडि रहेको केन्द्रीय समिति सदस्यकी उम्मेदवार विद्या बरालले जानकारी दिइन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : २१ बजे

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका