२६ असार २०८३, शुक्रबार | July 10, 2026

दाङमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए



तुलसीपुर । दाङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएका छन । सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको भिडियोमा रास्वपा कार्यकर्ताले एमालेको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाउँदै एमाले नेतृत्वविरुद्ध नाराबाजी गरेको देखिएको छ ।

घटना दाङ जिल्लाको दाङ अन्तर्गत पर्ने तुलसीपुर क्षेत्रमा बिहीबार राति भएको बताइएको छ । सो समयमा रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न पार्टीका कार्यकर्ता भेला भएका थिए । सोही क्रममा केही कार्यकर्ताले एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सार्वजनिक भएको हो ।

तुलसीपुर नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृह क्षेत्रका हो । भिडियोमा झण्डा जलाउने क्रममा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजीसमेत गरेको देखिन्छ ।

रास्वपा सभापति लामिछाने बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रम सकेर तुलसीपुर हुँदै घोराही पुगेका थिए । उनको स्वागतका लागि स्थानीय कार्यकर्ताले विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेका थिए ।

उक्त घटनाप्रति एमालेका स्थानीय नेता तथा कार्यकर्ताले आपत्ति जनाउँदै यसलाई राजनीतिक असहिष्णुताको उदाहरण बताएका छन् । उनीहरूले लोकतान्त्रिक प्रणालीमा फरक विचार र दलप्रति सम्मान गर्नुपर्नेमा जोड दिँदै दोषीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

यस विषयमा रास्वपाको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन । घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ भने स्थानीय प्रशासनले पनि घटनाबारे जानकारी संकलन गरिरहेको स्रोतले जनाएको छ ।

राजनीतिक दलहरूबीच चुनावी गतिविधि तीव्र भइरहेका बेला यस्तो घटना सार्वजनिक भएपछि दाङमा राजनीतिक वातावरण थप संवेदनशील बन्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ८ : १५ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी