११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

कालीगण्डकी तिनाउ डाइर्भसन योजना रोकिदैन : एमाले उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी-तिनाउ डाइभर्सन आयोजना पूरा भएरै छाड्ने बताएका छन् ।

आयोजनाको सपना देख्ने नेता मदन भण्डारी भएको भन्दै उनले यो बन्नेमा कसैले आशंका गर्न जरुरी नभएको बताएका हुन् ।

नेकपा एमाले बुटवलले सोमवार बुटवलमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो आयोजना बन्नेमा शंका नगर्न भनेका छन् । ‘यो आयोजना विष्णु पौडेलले देखेको सपना होइन, विष्णु पौडेलले पछ्याएको योजना हो, एमालेले पछ्याएको योजना हो । यो आयोजनाको सपना देख्ने व्यक्ति मदन भण्डारी हुनुहुन्छ,’ उनले भने, ‘जबजमा कालीगण्डकीको पानी तिनाउ नदीमा खसालिने पाँचौँ महाधिवेशनमा मदन भण्डारीले लेख्नुभएको छ । कालीगण्डकीको पानी तिनाउमा ल्याउँछौँ ।’

उनले आयोजनाको कार्यान्वयन कसैले रोक्न नसक्ने बताए । ‘आयोजनाको अदालतमा मुद्दा पनि परेको छ । डीपीआर सकिएको छ । केही संकीर्ण मानिसले मुद्दा पनि हालेका छन,’ उनले भने, ‘अदालतले स्टे पनि गरेको छ । आयोजना कार्यान्वयन कसैले रोक्न सम्भव छैन ।’
राम्दीदेखि तल्लो तहमा पनि पानीको अभाव नहुने पौडेलले बताए । रिडि र रुद्रवेनीको बीचमा २५०० मेगावाटको जलाशययुक्त निर्माण हुने उनको भनाइ छ । अरू ठूला आयोजना पनि कार्यान्वयन हुने पौडेलले बताए ।

पौडेलले एमाले नेतृत्वको सरकारले राष्ट्रिय राजमार्गमा बनाउन अगाडि सारेका १० वटा पुलमध्ये ८ वटा अहिलेको सरकारले हटाएको बताएका छन् ।
कोशी, भालुवाङ मुग्लिनका महत्त्वपूर्ण ठाउँमा बन्ने पुलमध्ये एमाले सरकारबाट हटेपछि अहिलेको सरकारले हटाएको उनले आरोप लगाए । विश्व बैंकको लगानीमा तिनाउमा ‘सिग्नेचर’ पुल बन्ने उनको भनाइ छ ।

तिनाउ-दानव करिडोरमा पर्ने वस्तीका विस्थापितलाई उचित रुपमा सम्बोधन गर्ने बताए । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ५ : ४९ बजे

आईसीसी टी-२० विश्वकप सुपर ८ मा दक्षिण अफ्रिकाको शानदार जित, भारत ७६ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणअन्तर्गत भएको खेलमा

डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ

सिरहा । यहाँको कल्याणपुर नगरपालिका-१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा

निर्वाचन १० दिन बाँकी : जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी

काठमाडौं आउँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना, १७ जनाको मृत्यु, २४ जना घाइते

काठमाडौँ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय