७ श्रावण २०८३, बिहिबार | July 23, 2026

द ब्रिटिस मोडल कलेजका चार जना विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित



काठमाडौँ । द ब्रिटिस कलेजको भगिनी स्कुल द ब्रिटिस मोडल कलेजका चार जना ए लेभलमा अध्ययनरत विद्यार्थीहरु उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन् ।

मार्च २०२१ सिएआइई परीक्षाको सेरिजमा चार जना विद्यार्थीहरुले टप गर्न सफल भएका हुन् । क्याम्ब्रिज अवार्डबाट सम्मानित हुनेमा राज थापा (एएस लेभल केमिस्ट्री), सुदीप अग्रहरी (एएस लेभल इकोनोमिक्स), अस्मिता लामा (एएस लेभल बिजनेश) र दिप्ती भट्टराई (एएस लेभल एकाउन्टिङ) रहेका छन् ।

ए लेभल्सका प्रमुख राजन कुमार राईले भने,“विद्यार्थीहरुले प्राप्त गरेको यो अविश्वसनिय सफलताप्रति ब्रिटिश मोडेल कलेजलाई धेरै गर्व छ । यो पुरस्कार प्राप्त गर्न धेरै मेहनत र इमानदार प्रयास चाहिन्छ, र हामी यस्ता प्रतिभाशाली विद्यार्थीहरू पाउँदा भाग्यशाली महसुस गर्छौं ।”

चाुकपाटस्थित रहेको नयाँ क्याम्पसमा भवनमा विद्यार्थीहरुले अत्याधुनिक प्रविधिमार्फत गुणस्तीय शिक्षा ग्रहण गर्दै आइरहेका छन् । हालै कलेजले प्राप्त गरेको नतिजाले पनि यो कुराको पुष्टि गरेको राई बताउँछन् ।

कलेजमा शिक्षा ग्रहण गर्ने मैत्रीपुर्ण वातावरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त संकायहरू, र विश्व–स्तरीय अध्यापन मोडल रहेको उनले बताए ।

बिएमसीका अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए । कलेज उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड २०१८ बाट सम्मानित भएको थियो । आउने वर्षमा पनि कलेजले यस्तै सफलताको आशा गरेको उनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ५९ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन